ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने


एबीसी न्यूज
२० असार २०८३, शनिबार   ८ : ४४   बजे

काठमाडौं, २० असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्नुहुने भएको छ । नयाँ दिल्लीले क्षेत्रीय रणनीतिक सम्बन्धलाई मजबुत बनाउन खोजिरहेको समयमा मोदीले तीन देशको भ्रमण गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ ।

आउँदो बुधवार अर्थात् जुलाई ८ देखि ११ तारिखसम्म हुने यो भ्रमण मोदीको गएको वर्ष मार्चमा मौरिसस र गएको महिना सिसेल्सको भ्रमणपछि हुन लागेको हो । भारतको विदेश मन्त्रालयले यसलाई ‘एक्ट इस्ट’ नीतिअन्तर्गत पूर्वी समुद्री क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको रूपमा विश्लेषण गरेको छ ।

प्रधानमन्त्री मोदी जुलाई ८ र ९ मा इन्डोनेसियामा रहनुहुनेछ । भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी रुद्रेन्द्र टण्डनका अनुसार प्रधानमन्त्री मोदीले इन्डोनेसिया भ्रमणका क्रममा समुद्री सुरक्षा, रक्षा, व्यापार र सांस्कृतिक सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्यको समीक्षा गर्नुहुनेछ ।

जुलाई १० मा उहाँ मेलबर्न जानुहुनेछ । त्यहाँ तेस्रो भारत–अस्ट्रेलिया वार्षिक शिखर सम्मेलन हुनेछ । प्रधानमन्त्री मोदीले जुलाई ११ मा न्युजिल्यान्डबाट भ्रमण सम्पन्न गर्ने कार्यक्रम तय भएको छ ।

यो वर्ष अप्रिल २७ मा हस्ताक्षर भएको भारत–न्युजिल्यान्ड स्वतन्त्र व्यापार सम्झौताले न्युजिल्यान्डतर्फ भारतीय निर्यातमा १०० प्रतिशत भन्सार शुल्क हटाएको छ भने आउँदो १५ वर्षमा न्युजिल्यान्डबाट २० अर्ब डलरको लगानी प्रतिबद्धता सुनिश्चित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu