ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा–छोराको मृत्यु


एबीसी न्यूज
२१ असार २०८३, आइतबार   ७ : ३७   बजे

काठमाडौं २१ असार । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्तीको आक्रमणमा भरतपुर महानगरपालिका–२३ बेलहट्टामा एक आमा र उनका चार वर्षीय छोराको मृत्यु भएको छ।

शनिबार राति आफ्नै घरमा बसिरहेका बेला अचानक आएको जंगली हात्तीले आक्रमण गर्दा २१ वर्षीया अशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको हो।

भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष दीपक दवाडीका अनुसार निकुञ्जबाट बस्तीमा प्रवेश गरेको हात्तीले घरमै आक्रमण गर्दा आमा–छोराको ज्यान गएको हो। घटनापछि स्थानीयवासी त्रसित बनेका छन्।

घटनालगत्तै स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय तथा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधिबीच छलफल भएको छ। छलफलबाट जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक पहल गर्ने, मृतकका परिवारलाई निकुञ्ज कार्यालयमार्फत तत्काल उचित राहत उपलब्ध गराउने, मृतकको घर पुनर्निर्माण गराउने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक दीर्घकालीन तथा तत्कालीन उपायहरू कार्यान्वयन गर्ने सहमति भएको जनाइएको छ।

यस घटनाले निकुञ्ज आसपासका बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व फेरि गम्भीर रूपमा देखिएको भन्दै स्थानीयले बस्तीको सुरक्षा सुनिश्चित गर्न र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्थापनको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

साउने सोमवार–सौभाग्य, समर्पण र आस्थाको महासंगम

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu