ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा बाढी गाउँ पस्दा १ जनाको मृत्यु, ६ घाइते


एबीसी न्यूज
२१ असार २०८३, आइतबार   ८ : ५६   बजे

काठमाडौं, २१ असार । डोल्पाको जगदुल्लामा बाढी गाउँमा पस्दा एक महिलाको मृत्यु भएको छ। गएराति जगदुल्ला गाउँपालिका– ५ गैरीगाउँमा आएको बाढीले बगाउँदा ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो।

बाढीमा परी घाइते भएकी आनन्दीको उद्धार गरी उपचारको क्रममा स्वास्थ्य चौकीमा लैजाँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए।

उक्त बाढीमा परि अन्य छ जना घाइतेसमेत भएका छन्। घाइते हुनेमा सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक १५ वर्षीय निरुता विक, १३ वर्षीय सीता विक र ६५ वर्षीय जस विक छन्।

घाइतेहको जगदुल्लामा रहेको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

घाइतेमध्ये रेउलीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारीपछि प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरेको थियो।

यस्तै, जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जना, नेपाली सेनाको १० जना र सशस्त्र प्रहरीको बल ११ जना बिहानै घटनास्थलतर्फ लागेको छ।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतका लागि प्रशासनले पहल गरिरहेको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

सम्बन्धित

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

रुसका लागि जापान ‘गुप्त प्रविधि केन्द्र’ ? युक्रेन युद्धमा जापानी प्रविधि पुगिरहेको दाबीपछि वैश्विक चासो

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

सर्वोच्चको अन्तरिम आदेशले रोकियो सम्पत्ति छानबिन आयोगको काम, सरकारको भ्रष्टाचार नियन्त्रण अभियानमै कानुनी प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu