ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस संस्थापनइतर समूहको बैठक आज, १५औँ महाधिवेशनको रणनीति र राष्ट्रिय भेलाको मिति तय हुने


एबीसी न्यूज
२२ असार २०८३, सोमबार   ९ : ३८   बजे

काठमाडौं २२ असार । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (सोमबार) १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ। आगामी १५औँ महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै समूहले पहिलोपटक औपचारिक रूपमा बैठक आयोजना गर्न लागेको हो।

बैठक काठमाडौंको चुनदेवीमा नवस्थापित सम्पर्क कार्यालयमा दिउँसो १ बजे बस्नेछ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयका अनुसार खड्का नेतृत्वको समूहमा रहेका काठमाडौंमा उपलब्ध पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूलाई बैठकमा सहभागी हुन निमन्त्रणा गरिएको छ।

गत शुक्रबार खड्काको गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूबीच भएको छलफलले बैठक बोलाउने निर्णय गरेको थियो। त्यसअनुसार आजबाट चुनदेवीस्थित सम्पर्क कार्यालय पनि औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

बैठकपछि नेता मीन विश्वकर्माले सम्पर्क कार्यालय नै आगामी १५औँ महाधिवेशनको तयारी, रणनीतिक छलफल, बैठक तथा संगठन विस्तारका गतिविधिको केन्द्र बन्ने बताएका थिए। उनका अनुसार सम्पर्क कार्यालयमार्फत पार्टीभित्र सम्पर्क, सम्बन्ध विस्तार र संगठन सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिनेछ।

विश्वकर्माले सातै प्रदेशमा संस्थापनइतर समूहका भेलाहरू सम्पन्न भइसकेको जानकारी दिँदै अब राष्ट्रिय भेला आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए। प्रदेश भेलाहरूमा गत निर्वाचनमा कांग्रेसले व्यहोरेको अप्रत्याशित पराजय, त्यसको समीक्षा तथा पार्टीभित्रको एकतालाई मजबुत बनाउने विषयमा व्यापक छलफल भएको उनको भनाइ छ।

आजको बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने अपेक्षा गरिएको छ। संस्थापनइतर समूहले उक्त भेलामार्फत आगामी महाधिवेशनको रणनीति, संगठन सुदृढीकरण र नेतृत्व चयनका विषयमा साझा धारणा निर्माण गर्ने तयारी गरेको छ। बैठकलाई कांग्रेसभित्र आगामी नेतृत्व प्रतिस्पर्धा र महाधिवेशनको शक्ति–सन्तुलन निर्धारण गर्ने महत्वपूर्ण राजनीतिक कदमका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu