ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ?


एबीसी न्यूज
२२ असार २०८३, सोमबार   १२ : ५०   बजे

काठमाडौं २२ असार । श्रम संस्कृति पार्टीका प्रमुख सेचतक आर्यन राईले प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन कहिलेसम्म माग गर्नुपर्ने हो ? भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । 
सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति हटाउन कहिलेसम्म आवाज उठाइराख्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । राष्ट्रियताको सवालमा १ इन्च तलमाथि नहुने आफूहरुको अडान रहेको स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो, ‘सभामुख महोदय, प्रतिनिधि सभा नियमावली २०८३ को नियम ५६ लाई हामीले कार्यान्वयन गर्ने कि नगर्ने यो प्रश्न सोध्न चाहन्छु । र अर्को हामीले कहिलेसम्म प्रधानमन्त्री ज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्तिको विषयमा यो सदनमा फरक मत राखिराख्नु पर्ने हो, म त्यो सोध्न चाहन्छु । के एक वर्ष, दुई वर्ष, ५ वर्ष ? हामी तयार छौँ । राष्ट्रियताको सवालमा १ इन्च तलमाथि हामी सर्दैनौ सभामुख महोदय। त्यसैले प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्ति उहाँले करेक्शन गर्नुपर्छ यस सम्मानित सदनको रोस्टममा आएर ।’
एमबिबिएस र बिडिएस पढ्ने विद्यार्थीको समस्या तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu