काठमाडौं,२३ असार । दाङमा करेन्ट लागेर एक जना वडा सचिवको मृत्यु भएको छ।
मृत्यु हुनेमा गढवा गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय रामनरेश यादव रहेका छन्। इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार गढवा–६ प्रनहवास्थित आफ्नै घरमा सोमबार बेलुकी करिब पौने ९ बजेतिर शौचालयको बत्ती मर्मत गर्ने क्रममा उहाँलाई करेन्ट लागेको हो।
करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि लमही अस्पताल लगिएको थियो। तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।
प्रहरीले शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्