ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संरचनात्मक रूपमै बदलिँदै मौद्रिक नीति, तीन भागमा सार्वजनिक गरिने


abc tv news
२३ असार २०८३, मंगलबार   १२ : १९   बजे

काठमाडौं २३ असार । नेपाल राष्ट्र बैंक आज आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ । अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको छ भने  लगतै सञ्चालक समितिको बैठक डाकिएको छ । बैठकबाट पारित भएपछि मौद्रिक नीति जारी गर्ने राष्ट्र बैंकको तयारी छ । मध्यान्न ४ः१५ बजे पत्रकार सम्मेलन गर्ने बताइएको छ । 

नयाँ मौद्रिक नीतिको संरचना विगतका भन्दा फरक हुने राष्ट्र बैंकका अधिकारीहरुले यसअघि नै बताइसकेका छन् । नयाँ संरचनाअनुसार यस वर्ष चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था र मौद्रिक नीति गरी तीन भाग छुट्टाछुट्टै जारी हुनेछ । गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीतिको पाटो (भाग) मात्रै अनलाइनमार्फत बाचन गर्ने र त्यसपछि पत्रकार सम्मेलन गर्ने तयारी राष्ट्र बैंकको छ । पत्रकार सम्मेलनमा गभर्नर भने उपस्थित हुने छैनन् । अनुसन्धान विभागका कार्यकारी निर्देशक, प्रवक्ता र केही महत्वपूर्ण विभाग प्रमुखको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने बताएको छ ।

विगतका नीतिमा चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था, मौद्रिक नीति र नियामकीय पाटो सबै एउटै नीतिमा समेटिन्थ्यो । यो परम्परा तोडेर मौद्रिक नीतिलाई छरितो र वस्तुगत बनाउन लागेको दाबी राष्ट्र बैंकका अधिकारीहरुको छ ।

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने नीतिगत व्यवस्था भने हुनेछ । बजेटले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धिदर ६ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य तय गरेको छ । बजेटका यी लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउन पनि कर्जा प्रवाहमा सहजिकरण गर्ने गरी राष्ट्र बैंकले तयारी गरेको छ ।

मौद्रिक नीतिको समीक्षा र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था गत आइतबारको सञ्चालक समिति बैठकबाट पारित भइसकेको छ । अब आज बस्ने बैठकले केही नीतिगत विषय र दरहरुबारे अन्तिम टुंगो लगाएपछि सार्वजनिक गर्ने राष्ट्र बैंक तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री साह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

संरचनात्मक रूपमै बदलिँदै मौद्रिक नीति, तीन भागमा सार्वजनिक गरिने

सम्बन्धित

प्रधानमन्त्री साह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

आज बेलुका ९:४५ बजे अर्जेन्टिना–इजिप्ट भिडन्त:अर्जेन्टिना बलियो दाबेदार,इजिप्टलाई कठिन चुनौती

घरेलु मैदानको साथ पनि पुगेन, तीनै आयोजक राष्ट्र क्वार्टरफाइनल पुग्न असफल

विश्वकपले आफ्नो कार्बन बिल तिर्नै पर्छ

अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu