ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शरणार्थी प्रकरणमा अदालतको फैसला : ७ जनाले पाए सफाइ, पूर्वमन्त्रीसहित अधिकांश दोषी ठहर


एबीसी न्यूज
२३ असार २०८३, मंगलबार   ९ : ०९   बजे

काठमाडौं, २३ असार । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले फैसला सुनाउँदै ७ जनालाई सबै आरोपबाट सफाइ दिएको छ भने पूर्वमन्त्रीसहित अधिकांश प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै ७ जनालाई सफाइ दिएको हो। अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालगायतलाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ।

अदालतले टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतिक थापालाई भने सबै आरोपबाट सफाइ दिएको छ।

दोषी ठहर भएका व्यक्तिहरूलाई कसुरअनुसार ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा मतियारसम्बन्धी आरोपमा दोषी ठहर गरिएको अदालतले जनाएको छ। उनीहरूको सजाय निर्धारण (सुनुवाइ) भने अदालतले आगामी चरणमा गर्नेछ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई सर्वसाधारणबाट करोडौं रुपैयाँ असुलेको आरोपमा यो मुद्दा दर्ता भएको थियो। यस प्रकरणमा पूर्वमन्त्री, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका पूर्वअधिकारी तथा बिचौलियासमेत प्रतिवादी बनाइएका थिए।

क्र.सं.नामफैसलाठहर भएका आरोप
१बालकृष्ण खाँणदोषी ठहरठगी तथा संगठित अपराध (मतियार)
२टोपबहादुर रायमाझीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
३टेकनारायण पाण्डेदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
४टेकनाथ रिजालदोषी ठहरठगी, संगठित अपराध, ठगी तथा संगठित अपराध (मतियार)
५सानु भण्डारीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
६केशव दुलालदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
७टंककुमार गुरुङसफाइसबै आरोपबाट सफाइ
८सन्दिप रायमाझीसफाइसबै आरोपबाट सफाइ
९रामशरण केसीसफाइसबै आरोपबाट सफाइ
१०सन्देश शर्मादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
११गोविन्द चौधरीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
१२आशिष बुढाथोकीसफाइसबै आरोपबाट सफाइ
१३सागर राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
१४शम्सेर मियाँदोषी ठहरठगी, संगठित अपराध (मतियार)
१५आङटावा शेर्पादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
१६डा. इन्द्रजीत राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
१७नरेन्द्र केसीदोषी ठहरठगी, संगठित अपराध (मतियार)
१८केशव तुलाधरसफाइसबै आरोपबाट सफाइ
१९हरिभक्त महर्जनदोषी ठहरठगी तथा संगठित अपराध (मतियार)
२०लक्ष्मी महर्जनसफाइसबै आरोपबाट सफाइ
२१मोहनराज राई—विवरण उपलब्ध छैन
२२निरञ्जन कुमार खरेलदोषी ठहरठगी तथा संगठित अपराध (मतियार)
२३प्रतिक थापासफाइसबै आरोपबाट सफाइ
२४बेचन झादोषी ठहरठगी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा अदालतको फैसला : ७ जनाले पाए सफाइ, पूर्वमन्त्रीसहित अधिकांश दोषी ठहर

निजी क्षेत्रलाई राहत दिने मौद्रिक नीति: कर्जा र लगानीमा व्यापक सहजीकरण (पूर्णपाठ)

सम्बन्धित

निजी क्षेत्रलाई राहत दिने मौद्रिक नीति: कर्जा र लगानीमा व्यापक सहजीकरण (पूर्णपाठ)

प्रधानमन्त्री बालेनसँग एडीबी अध्यक्षको भेट : नेपाललाई आगामी तीन वर्षमा साढे ३ खर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा

सदाचार नीति–२०८३ : सार्वजनिक पदमा नियुक्त हुने सबैले अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

नाटोको पर्दापछाडि : युरोप आफैंभित्रबाट विखण्डित हुँदैछ

प्रधानमन्त्री साह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

संरचनात्मक रूपमै बदलिँदै मौद्रिक नीति, तीन भागमा सार्वजनिक गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu