काठमाडौं, २४ जेठ । आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ । आज दिउँसो र राति पहाडी क्षेत्र तथा तराईका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
गए राति गण्डकी, सुदूरपश्चिम र कर्णालीमा मध्यमदेखि ठूलो पानी परेको थियो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीमा ९७ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसोपछि मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।







प्रतिक्रिया दिनुहोस्