ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुरुङ सोसाईटी केन्टद्वारा समर भेटघाट तथा बिबिक्यू कार्यक्रम सम्पन्न


एबीसी न्यूज
२४ असार २०८३, बुधबार   ९ : ५२   बजे

बेलाएत,०५ जुलाई बेलायतको केन्टमा बसोवास गर्ने तमूहरुको साझा संस्था गुरुङ समाज केन्टद्वारा आयोजना गरिएको यो वर्षको समर बिबिक्यू तथा भेटघाट कार्यक्रम बिबिध कार्यक्रम सहित भब्यरुपमा सम्पन्न भयो ।
हरेक वर्षको समर सिजनमा आयोजना गरिने उक्त भेटघाट तथा बिबिक्यू कार्यक्रमको समुद्घाटन समाजकी जेष्ठ अबिभावक ८५ वर्षिय जगमायाँ गुरुङ र समाजका अध्यक्ष गोलमान गुरुङ द्वयले पानसमा दीप प्रज्वलन गरी औपचारिक कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

बेलायततो केन्ट वरपर बसोबास गर्ने गुरुङहरुमा आपसी सद्भाव,भाईचारा र सहयोग आदान प्रदान तथा सुख दुख साटासाट गर्ने उद्धेश्यले आयोजना गरिएको उक्त कार्यक्रममा छेलो प्रतियोगिताको आयोजना गरिएको थियो ।

उक्त प्रतियोगितामा ५० वर्ष उमेर भन्दा माथिका भेटरेन तर्फका विजेता नेपाल स्थायी घर स्याङ्जा कोल्मा बाहाकोट काउले निवासी हाल बेलायतको केन्टमा बसोवास गर्दै आउनु भएका भगवान गुरुङ र सो भन्दा तलका उमेर समुहका युवाहरुबीचको छेलो प्रतियोगितामा युवा तर्फ नेपाल स्थायी घर ओखलढुङ्गा रुम्जाटार हाल बेलायतको केन्टमा बसोवास गर्दै आउनु भएका गुरुङ समाज केन्टका पूर्व अध्यक्ष शोभराज गुरुङका छोरा सोलभ गुरुङ बिजेता बनेका थिए ।

सो प्रतियोगितामा बिजेताद्वयलाई समाजका अध्यक्ष गोलमान गुरुङद्वारा फेटा लगाएर अबिरजात्रा सहित मायाँको चिनो स्वरुप उपहार प्रदान गर्नु भएको थियो भने से प्रतियोगिताॅा बिजेता द्वयलाई बिशेष पुरस्कारको प्रायोजन श्रीमती सुधा गुरुङले गर्नु भएको थियो ।
कार्यक्रमा महिला दिदीबहिनीहरुलाई मनोरञ्नका रुपमा बल पास खेल प्रतियोगिता पनि आयोजना गरिएको थियो उक्त प्रतियोगितामा तमू समाज बेलायतकी अध्यक्ष विन्दु गुरुङ घले गुरुङ प्रथम हुनु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणको मनोरञ्जनात्मक सांगीतिक कार्यक्रममा युवा गायक किरण गुरुङले भरपुर मनोरञ्जन प्रदान गर्नु भएको थियो भने कार्यक्रममा मिस निग्चेन गुरुङ र मिस अस्मिता गुरुङले परम्परागत गुरुङ संस्कृति झल्कने नृत्य गर्नु भएको थियो साथै कार्यक्रममा राफल ड्र का बिजेता तोरण गुरुङले £१०० पाउन्ड प्राप्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी तमु धीँ यूकेका अध्यक्ष जुमकाजी गुरुङ र प्रथम महिला अध्यक्ष कमला गुरुङ, बिशेष अतिथी तमू समाज यूकेकी अध्यक्ष विन्दु गुरुङ घले र सुरेश घले र तमू फोरम यूकेका सह-निर्देशक एवंम तमू धीँ यूकेका पूर्व अध्यक्ष हरी गुरुङज्यू लगाएत बिशिष्ठ ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।

समाजकी बरिष्ठ उपाध्यक्ष एवंम कार्यक्रम संयोजक ममता गुरुङद्वारा स्वागत तथा कार्यक्रम सञ्चालन समाजकी महासचिव पवित्रा गुरुङले गर्नु भएको थियो ।

कार्यक्रम सम्बन्धि बैठक ब्यबस्थापन समाजका द्वितीय उपाध्यक्ष तोरण गुरुङ,कार्यक्रम सन्चालन तथा व्यवस्थापन महासचिब पवित्रा गुरुङ र कोषाध्यक्ष मान गुरुङ, छेसो प्रतियोगीता कार्यक्रम सञ्चालन सुभ गुरुङ र तोरण गुरुङ, महिला बल पास प्रतियोगीताको सन्चालन युवा संयोजक मिस प्रेरणा गुरुङ, राफल ड्र सञ्चालन,हिरा घले,सांस्कृतिक कार्यक्रम सञ्चालन, उमा देवी गुरुङ,निर्मला गुरुङ,साउन्ड सिस्टम व्यवस्थापन,गंगाराज राई,फोटोग्राफी,सन्तोष कोन्मे,खाना व्यवस्थापन, नरेन्द्र गुरुङ,पेय पदार्थ व्यवस्थापन,गणेश गुरुङ,खाना गोर्खा भिल्ला रेस्टुरेन्ट, अशफोर्ड, केन्टले गर्नु भएको थियो ।

कार्यक्रममा गायकका लागी बिशेष पुरस्कारको प्रायोजन समाजती पूर्व अध्यक्ष राजदेवी गुरुङले गर्नु भएको थियो भने चिया तथा कफीको प्रायोजन पूर्व अध्यक्ष डोल बहादुर गुरुङले गर्नु भएको थियो ।

यसै अवसरमा गुरुङ कौरा चुडका श्रव्यदृश्य नृत्य निर्देशक एवं कोरियोग्राफर रोशन गुरुङले आगामी जुलाई २५ र २६ तारिख हुने कौरा चुड्का श्रव्यदृश्य छायाङ्कन (शूटिङ) सम्बन्धमा जानकारी तथा मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई सम्बोधन गर्दै समाजका अध्यक्ष गोलमान गुरुङज्यूले “गुरुङ समाज केन्टको निमन्त्रणालाई स्वीकार गरेर आउनु भएको सम्पूर्ण पाहुना गण,साजका पूर्व अध्यक्ष,सल्लाहकार,कार्यसमितीका सदस्य र आजीवन सदस्यहरुमा कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण आदर्णिय ब्यकित्वहरुमा हार्दिक आभार सहित बिशेष धन्यवाद दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

होर्मुजबाट सुरु भयो नयाँ टकराव, अमेरिकाको हवाई हमलाले मध्यपूर्व फेरि अशान्त

ठोरी छोटी भन्सार पुनः सुचारु, भारतीय चारपांग्रे सवारीलाई निःशुल्क प्रवेश पास

सम्बन्धित

प्रतिनिधि सभाको बैठक आज बस्दै

मकवानपुरको मनहरीमा बस दुर्घटना, ५ जना घाइते

ठोरी छोटी भन्सार पुनः सुचारु, भारतीय चारपांग्रे सवारीलाई निःशुल्क प्रवेश पास

विश्वकप २०२६ : क्वाटरफाइनल समिकरण पूरा, उपाधि दौडमा बाँकी रहे ८ टोली

रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, २ जना पक्राउ

आज पहाडी र तराई क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu