ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलाइ लामाको जन्मदिन कार्यक्रमप्रति पूर्वराजदूतहरूको आपत्ति, ‘एक चीन नीति’ कडाइका साथ पालना गर्न सरकारलाई आग्रह


एबीसी न्यूज
२५ असार २०८३, बिहिबार   ९ : ५८   बजे

काठमाडौं २५ असार । नागार्जुनस्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइएको तथा उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको विषयप्रति चीनका लागि नेपालका पूर्वराजदूतहरूले गम्भीर चासो व्यक्त गर्दै सरकारले अवलम्बन गर्दै आएको ‘एक चीन नीति’ दृढतापूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन्।

शुक्रबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेश मास्के, महेन्द्र पाण्डे, लीलामणि पौडेल, टंक कार्की, विष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओली ले नेपालले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै आएको स्मरण गराएका छन्। साथै नेपालको भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता सरकारले पटक–पटक दोहोर्याएको उल्लेख गरेका छन्।

उनीहरूले हालै परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै, यदि उक्त कार्यक्रम सरकारको सहमतिमा भएको हो भने त्यसले नेपालले निरन्तर अवलम्बन गर्दै आएको एक चीन नीतिविपरीत सन्देश दिन सक्ने बताएका छन्।

संयुक्त वक्तव्यमा उनीहरूले प्रश्न उठाएका छन्, “नेपालले सधैं दृढतापूर्वक एक चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रतिकूल असर पार्ने गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको र हालै चीन भ्रमणका क्रममा पनि दोहोर्याइएको प्रतिबद्धतामा परिवर्तन आएको हो? के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौं?”

पूर्वराजदूतहरूले यस्ता गतिविधिले नेपालले लामो समयदेखि कायम राख्दै आएको भूराजनैतिक सन्तुलनमा नकारात्मक असर पार्न सक्ने, साथै देशको स्थायित्व, विकास र स्वतन्त्रताका लागि समेत प्रत्युत्पादक हुन सक्ने चेतावनी दिएका छन्।

उनीहरूले भविष्यमा यस्ता गतिविधि नदोहोरिने सुनिश्चितता गर्न, छिमेकी मुलुकसँगको सम्बन्धमा उच्च संवेदनशीलता अपनाउन तथा नेपालको घोषित परराष्ट्र नीतिलाई व्यवहारमा दृढतापूर्वक कार्यान्वयन गर्न नेपाल सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu