ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाहको प्रयास, ५० प्रतिशत शरीर जलेको अवस्थामा वीर अस्पतालमा उपचाररत


एबीसी न्यूज
२७ असार २०८३, शनिबार   ९ : २९   बजे

काठमाडौं — काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान एक व्यक्तिले आफ्नै घरमा आत्मदाहको प्रयास गरेका छन्। घटनामा गम्भीर घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ४५ वर्षीय आश्विन राउतले बिहान करिब ६ः१५ बजे आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका थिए। स्थानीयको जानकारीपछि प्रहरी घटनास्थल पुगेर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएको हो।

प्रहरीका अनुसार राउतको शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। उनको वीर अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा घटनाका बेला राउत घरमा एक्लै रहेको खुलेको छ। उनी श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आए पनि आत्मदाहको प्रयास भएको समयमा श्रीमती र छोरा घरमा नरहेको प्रहरीले जनाएको छ।

घटनाको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीका अनुसार राउतको आत्मदाह प्रयास किन भयो भन्ने विषयमा अनुसन्धान जारी छ।

प्रवक्ता भट्टराईले छिमेकीहरूको भनाइ उद्धृत गर्दै शुक्रबार राउत र उनका छोराबीच कुनै विषयमा छलफल भएको जानकारी प्राप्त भएको बताए। यद्यपि त्यसको घटनासँग प्रत्यक्ष सम्बन्ध छ वा छैन भन्ने विषयमा अहिले नै निष्कर्ष निकाल्न नसकिने उनले बताए।

प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन परिवारका सदस्य, छिमेकी तथा अन्य सम्बन्धित व्यक्तिसँग सोधपुछ गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu