ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीको कुटपिटबाट जेनजी अभियन्ता माजिद अन्सारी घाइते, उपचारका लागि अस्पताल भर्ना


एबीसी न्यूज
२८ असार २०८३, आइतबार   ३ : १२   बजे

काठमाडौं— जेनजी अभियन्ता माजिद अन्सारी प्रहरीको कुटपिटबाट घाइते भएको आरोप लागेको छ। टाउको र अनुहारमा चोट लागेपछि उनलाई शनिबार राति उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको जनाइएको छ।

गए राति बागमती नदीमा आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ राखिएका सुकुम्बासीहरू प्रभावित भएका थिए। प्रभावितलाई सहयोग गर्न पुगेका अन्सारीसहित जेनजी अभियन्ता नहेन्द्र खड्का र सरिश्मा थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। खड्का र थापालाई भने पछि रिहा गरिएको छ।

जेनजी अभियन्ता तनुजा पाण्डेका अनुसार पक्राउ गर्ने क्रममा प्रहरीले अन्सारीमाथि कुटपिट गरेको थियो। उनका अनुसार प्रारम्भिक जानकारीअनुसार प्रहरीको बुटले टाउको र अनुहारमा प्रहार गर्दा अन्सारीको अनुहार तथा शरीरको माथिल्लो भागमा गम्भीर चोट लागेको छ।

सामाजिक सञ्जालमार्फत पाण्डेले अन्सारीलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको जानकारी दिएकी छन्।

यस घटनाप्रति नेपाल जेनजी फ्रन्टले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीको व्यवहारको भर्त्सना गरेको छ। संगठनले घाइते अन्सारीको प्रभावकारी उपचारको व्यवस्था गर्न तथा घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

यस विषयमा नेपाल प्रहरीले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। प्रहरीको धारणा प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu