ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक दाउपेचको चक्रव्यूहमा मीटरब्याज पीडित: आश्वासनको तेस्रो ‘पैदल मार्च’


एबीसी न्यूज
२८ असार २०८३, आइतबार   १ : १८   बजे

काठमाडौँ — न्यायको खोजीमा कयौँ पटक काठमाडौँका सडक नापिसकेका मीटरब्याज पीडितहरू पुनः एकपटक ‘पैदल न्याय मार्च’ मा निस्कन बाध्य भएका छन्। जनकपुरको तिरहुतियागाछीबाट सुरु भएको यो पैदल यात्रा चौथो दिन सर्लाहीको लालबन्दी आइपुगेको छ। ३५ जिल्लाका पीडितहरू झोलामा खाद्यान्न बोकेर साउनको दोस्रो साता काठमाडौँ आइपुग्ने लक्ष्यका साथ अघि बढिरहेका छन्।

तर, यो आन्दोलन केवल साहु महाजन विरुद्धको लडाइँ मात्र होइन, यो राजनीतिक दलहरूले गर्ने चुनावी प्रतिबद्धता र सत्तामा पुगेपछि देखिने लाचारीको एउटा जीवित ऐना हो।

चुनावी नारा र ‘सय दिने’ उपेक्षा

पीडितहरूले यसपटक आफ्नो पैदल यात्राका लागि जनकपुरको तिरहुतियागाछी रोज्नुको पछाडि गहिरो राजनीतिक असन्तुष्टि लुकेको छ। गत आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही ठाउँबाट आफ्नो पहिलो चुनावी सभा गरेको थियो।

तत्कालीन समयमा मीटरब्याज पीडितको समस्यालाई चुनावी एजेन्डा बनाउँदै अबिलम्ब समाधान गर्ने प्रतिबद्धताका साथ भोट मागिएको थियो। तर, सत्ताको बागडोर सम्हालेको ‘सय दिन’ बितिसक्दा पनि सरकारले समस्या समाधानका लागि ठोस कदम चाल्नुको साटो उल्टै बेवास्ता गरेपछि पीडितहरूले सांकेतिक रूपमा त्यही चुनावी सभा भएकै ठाउँबाट विद्रोहको बिगुल फुकेका हुन्। यसले के देखाउँछ भने, उत्पीडित नागरिकका आँसु राजनीतिक दलहरूका लागि केवल सत्तामा पुग्ने भर्‍याङ मात्र बनिरहेका छन्।

राज्यको उदासीनता र आश्वासनको नियती

मीटरब्याज पीडितहरू हिँडेर काठमाडौँ आउन लागेको यो पहिलो पटक होइन। यसअघि पनि दुई पटकसम्म सुन्निएका र फुटेका खुट्टा लिएर उनीहरूले महिनौँसम्म माइतीघर मण्डलामा धर्ना दिएका थिए।

राज्यले हरेक पटक आन्दोलन दबाउन वा सामसुम पार्न ‘वार्ता टोली’ गठन गर्ने र ‘सहमति’ का कागजमा हस्ताक्षर गर्ने सस्तो हत्कण्डा अपनाउँदै आएको छ। तर, ती सहमतिहरू कहिल्यै कार्यान्वयनको तहसम्म पुगेनन्। सिंहदरबारको यही उदासीनता र धोकाधडीका कारण पीडितहरू फेरि एकपटक सडकको कठोर यात्रा तय गर्न विवश भएका हुन्।

कठोर साउनको महिनामा माइतीघर मण्डलालाई पुनः आन्दोलनको केन्द्र बनाउने योजनासहित हिँडेका यी नागरिकले यसपटक सरकारलाई कति ब्युँझाउने हुन्, त्यो त हेर्न बाँकी नै छ। तर, राज्यको यो निरन्तरको उपेक्षाले लोकतान्त्रिक व्यवस्था र यसका सञ्चालकहरूमाथि नै गम्भीर नैतिक प्रश्न खडा गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu