ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुमवासी व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन, पक्राउ परेकाहरूलाई विना सर्त रिहा गर्न चेतावनी (फोटो फिचर)


एबीसी न्यूज
२८ असार २०८३, आइतबार   २ : ०६   बजे

काठमाडौँ : काठमाडौँको माइतीघरमा सुकुमवासीहरूको उचित व्यवस्थापनको माग गर्दै आज बृहत् प्रदर्शन गरिएको छ। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरोकारवाला तथा सुकुमवासी नागरिकहरूले सरकारविरुद्ध सडक प्रदर्शन गरेका हुन्।

भूमिहीन तथा सुकुमवासीहरूको समस्या समाधान गर्न सरकारले लामो समयदेखि उदासीनता देखाएको भन्दै प्रदर्शनकारीहरूले आक्रोस पोखेका छन्। उचित विकल्प र स्थायी व्यवस्थापन विना सुकुमवासी बस्तीहरू हटाउन खोजिएको भन्दै उनीहरूले सुरक्षित बसोबासको हक सुनिश्चित गर्न माग गरे।

प्रदर्शनका क्रममा मोर्चाले आन्दोलनमा संलग्न केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको विषयमा समेत कडा विरोध जनाएको छ। पक्राउ परेका सुकुमवासी अभियन्ताहरूलाई विना कुनै सर्त तत्काल रिहा गरिनुपर्ने उनीहरूको मुख्य माग रहेको छ। सरकारले दमन गरेर आन्दोलन दबाउन खोजेको भन्दै प्रदर्शनकारीहरूले पक्राउ परेकाहरूलाई रिहा नगरे आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन्।

माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले प्लेकार्ड र नाराबाजीसहित परिक्रमा गरेका थिए, जसका कारण केही समय सो क्षेत्रको सवारी आवागमन समेत प्रभावित बनेको थियो। प्रदर्शनमा काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्तीका बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खरिपाटीको होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक

ऊर्जा संयन्त्रको बैठकमा भाग लिन भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर भोलि नेपाल आउँदै

सम्बन्धित

एआई र सुपर कम्प्युटरको भविष्यवाणी : विश्वकपको ताज कसले उचाल्ला ? अर्जेन्टिना अगाडि, तर इंग्ल्यान्ड–स्पेन–फ्रान्सको चुनौती कायमै

खरिपाटीको होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक

ऊर्जा संयन्त्रको बैठकमा भाग लिन भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर भोलि नेपाल आउँदै

६ महिना यताकै न्युन बिन्दुमा शेयर बजारः नयाँ सरकार गठनपछि नेप्से ३५० अंकले गिरावट

पोखरामा शाहसिक पर्यटनको आकर्षणः भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा कडाइ

राजनीतिक दाउपेचको चक्रव्यूहमा मीटरब्याज पीडित: आश्वासनको तेस्रो ‘पैदल मार्च’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu