ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न


abc tv news
२९ असार २०८३, सोमबार   ९ : ४२   बजे

काठमाडौं २९ असार । देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ । चालु आर्थिक वर्ष २०८३ को असार २६ गतेसम्ममा देशभर कुल धान रोपाइँ ४५.८१ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । कृषि विभागले सार्वजनिक गरेको प्रदेशस्तरको रोपाइँ सारांश विवरणअनुसार गत वर्ष सोही अवधिमा देशभर ५९.२८ प्रतिशत रोपाइँ भइसकेको थियो । गत वर्षको तुलनामा यस वर्ष करिब साढे १३ प्रतिशतले रोपाइँ कम भएको विभागको तथ्यांकले देखाएको छ ।
कृषि विभागकाअनुसार नेपालमा कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । जसमध्ये असार २६ गतेसम्म ६ लाख २७ हजार ५६६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । 
गण्डकी प्रदेशमा सबैभन्दा बढी, कोशीमा सबैभन्दा कम रोपाइँ
प्रदेशगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा बढी रोपाइँ गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ ।
गण्डकी प्रदेशमा ६५.९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । त्यहाँ कुल ९३ हजार ६०६ हेक्टरमध्ये ६१ हजार ७२७ हेक्टरमा रोपाइँ भएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत (१ लाख ७९ हजार ६३१ हेक्टर) र सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत (८९ हजार ७४२ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको छ । सुदूरपश्चिमको तथ्याङ्क असार १९ गतेसम्मको मात्रै समावेश गरिएको विभागले जनाएको छ ।
यसैगरी, वागमती प्रदेशमा ५७.१ प्रतिशत (६५ हजार ४४६ हेक्टर) रोपाइँ सकिएको छ भने कर्णाली प्रदेशमा ४०.५ प्रतिशत (१७ हजार ५४९ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको छ । 
धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाइँको गति निकै ढिलो देखिएको छ । मधेस प्रदेशमा कुल ३ लाख ८५ हजार १३३ हेक्टर धान खेती हुने जमिनमध्ये ३२.८ प्रतिशत अर्थात १ लाख २६ हजार ४३९ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
यस्तै, कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । कोशीमा २ लाख ७६ हजार ३८७ हेक्टर खेतीयोग्य जमिनमध्ये ८७ हजार ३३ हेक्टरमा मात्र रोपाइँ भएको विभागले जनाएको छ । 
गत वर्षको तुलनामा सबै प्रदेशमा गिरावट
कृषि विभागको तथ्यांअनुसार गत वर्षको तुलनामा यस वर्ष सबैजसो प्रदेशमा रोपाइँको प्रतिशत घटेको छ । गत वर्ष यसै अवधिमा सुदूरपश्चिममा ९३.१० प्रतिशत रोपाइँ भइसकेकोमा यस वर्ष ५७.९ प्रतिशत मात्र भएको छ ।
त्यस्तै, कर्णालीमा गत वर्ष ८३.२३ प्रतिशत रोपाइँ भएकोमा यसपालि ४०.५ प्रतिशत मात्रै सकिएको छ । वागमतीमा पनि गत वर्ष ७६.३१ प्रतिशत रोपाइँ भएकोमा यसपालि ५७.१ प्रतिशत मात्रै भएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

सम्बन्धित

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलियो, सैन्य आक्रमण तीव्र

थाइल्याण्डको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu