ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता


एबीसी न्यूज
२९ असार २०८३, सोमबार   १२ : ३९   बजे

काठमाडौं २९ असार । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बाढी र पहिरोले सडक बगाउने र बाटो अवरुद्ध बढेपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन् । गृह मन्त्रालयको विपद् पोर्टलकाअनुसार पछिल्लो एक हप्ता (असार २२ देखि २९ गते) भित्र मात्रै देशका ५६ स्थानमा बाढी, भारी वर्षा र सडक अवरोधका कारण उच्च शतर्कता अपनाउन भनिएको छ । सडक विभाग र प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो राजमार्ग ठप्प भएका छन् । असार २९ गते बिहान ६ः३० बजेसम्मको तथ्यांकअनुसार अरनिको राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्मका मुख्य खण्डहरू पूर्ण रूपमा बन्द छन् ।  
वागमती र लुम्बिनी प्रदेशमा धेरै अवरोध 
विपद् व्यवस्थापन शाखाकाअनुसार वागमती प्रदेशको सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीमा असार २९ गते गएको पहिरोका कारण अरनीको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । यस्तै, कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ भ्यारडेडाँडामा असार २७ गतेदेखि नै पहिरो जाँदा ललितपुर–हेटौँडा जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध छ ।
काभ्रेको विपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । 
लुम्बिनी प्रदेशमा पनि सडकको अवस्था उस्तै छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेमा असार २९ गते पहिरो जाँदा मदन भण्डारी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
यसअघि असार २८ गते रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङमा पहिरो जाँदा घोरही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलामा पहिरो जाँदा सालझण्डी–ढोरपाटन सडक खण्ड पूर्णरूपमा बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक सिद्धार्थ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेको छ । 

कोशी र गण्डकीमा पनि उस्तै
कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीमा असार २३ गतेदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन चलाइएको छ ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा असार १२ गते गएको बाढीका कारण बाटो एकतर्फी मात्र खुला गरिएको छ । उता गण्डकी प्रदेशको कास्की मादी गाउँपालिका–२ ज्याम्दुमा असार २७ गते गएको पहिरोका कारण पोखरा–ताङतिङ सडक खण्ड अहिलेसम्म पूर्ण रूपमा बन्द रहेको स्थानीय प्रशासनले जनाएको छ ।  
५६ स्थानमा शतर्कता चेतावनी 
गृह मन्त्रालयको रियलटाइम मोडुलमा आधारित विपद् पोर्टलकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै सुदूरपश्चिमको कैलालीदेखि पूर्वको सुनसरीसम्म बाढी र सडक अवरोधका नयाँ घटना दर्ता भएका छन् । 
असार २९ गते बिहान ३ः५० बजे कैलालीको कैलारी गाउँपालिका–५ मा बाढी आएको छ । यसैगरी असार २८ गते राति सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा भारी वर्षा भएको थियो भने रुपन्देहीको सैनामैना–१० मा असार २८ गते साँझदेखि सडक बन्द छ ।
पर्वतको जलजला गाउँपालिका–३ मा पनि असार २८ गते दिउँसो र राति गरी दुई पटक बाढी आएपछि त्यस क्षेत्रमा सचेत रहन आग्रह गरिएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मा पनि असार २८ गते बिहानदेखि सडक अवरुद्ध छ । 
प्रहरी तथा स्थानीय प्रशासनले आवश्यक कामबाहेक पहिरो जाने र नदी तटीय क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेका छन् । अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण काममा बाधा पुगिरहेको सडक विभागका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu