ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्नुपर्दछः एमाले सांसद ठगुन्ना


एबीसी न्यूज
३० असार २०८३, मंगलबार   १२ : ५७   बजे

काठमाडौं,३० असार । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद सांसद गणेशसिंह ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने कार्यमा संलग्नहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । 
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले विभिन्न मिडिया र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि सरकारले तत्काल कडा कारबाही गर्नुपर्ने बताउनुभएको हो । सांसद ठगुन्नाले राजनीतिक नेतृत्व र मिडियामाथि त्रास फैल्याउने उक्त गतिविधिलाई पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतंकको रुपमा चित्रण गर्दै यस्ता खालका सांकेतिक गतिविधि देशको हितमा नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकार नागरिकको स्वास्थ्य उपचारमा गम्भिर नभएको आरोप पनि लगाउनु भयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३५ सयको प्रिमियममा एक लाखको उपचार गर्न नसक्ने भनेर दिएको अभिव्यक्तिले वर्तमान सरकार नागरिकको स्वास्थ्य उपचारमा गम्भिर नभएको पुष्टि भएको सांसद ठगुन्नाको जिकिर थियो । 
सांसद ठगुन्नाले भन्नुभयो,‘स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ । नागरिकलाई स्वास्थ्य सेवामा अझै पहुँच बढाउनु पर्नेमा वर्तमान सरकारका अर्थमन्त्रीजीले स्वास्थ्य सेवामा ३५ सय प्रिमियममा एक लाख दायित्व भुक्तानी गर्न नसकिने भनेर दिएको अभिव्यक्तिले यो सरकार गरिव नागरिकको उपचारप्रति जिम्मेवारी छैन भन्ने स्पष्ट हुन्छ । हिजो मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको घरमा सवारी साधन तेस्र्याएर मानसिक त्रास फैल्याउने जुन काम भएको छ । हेर्दा यो सांकेतिक रुपको सानो घटना भएपनि यसको संकेत पञ्चायतकालीन मण्डले तन्त्रले फैल्याएको राज्य आतंकको झझल्कोको रुपमा हामीलाई याद आउँछ । यसर्थ सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिक कडा कारबाही गर्नु पर्दछ ।’
त्यस अवसरमा सांसद ठगुन्नाले सुकुम्बासीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको उल्लेख गर्दै आपत्ति समेत जनाउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रहित विरोधी गतिविधि सच्याउनका विकल्प नरहेको पनि बताउनु भयो 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu