काठमाडौं ३१ असार । राष्ट्रियसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाह पनि उपस्थित हुने कार्यसूची रहेको छ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री शाहले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन्।
संविधान तथा प्रचलित कानुनी व्यवस्थाअनुसार महान्यायाधिवक्ता कार्यालयले प्रत्येक आर्थिक वर्षको वार्षिक प्रतिवेदन सरकारमार्फत संघीय संसद्मा पेस गर्ने व्यवस्था छ। उक्त प्रतिवेदनमा कार्यालयले वर्षभरि सम्पादन गरेका प्रमुख कार्य, सरकारलाई दिएको कानुनी राय, सरकारी मुद्दाको अवस्था तथा न्याय प्रशासनसँग सम्बन्धित गतिविधिको विवरण समेटिएको हुन्छ।
यससँगै राष्ट्रियसभाको बैठकमा अन्य विधेयक, प्रतिवेदन तथा नियमित संसदीय कार्यसूचीमाथि पनि छलफल हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्