ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित


एबीसी न्यूज
३१ असार २०८३, बुधबार   ८ : १२   बजे

काठमाडौँ – सरकारको काम कारबाहीको विषयलाई लिएर सत्तारुढ रास्वपाभित्रैबाट आलोचना हुन थालेपछि प्रतिनिधिसभाको बैठक दुई हप्ताका लागि स्थगित भएको छ।

बुधबार दिउँसो बसेको बैठक अब साउन १४ गते बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले बोलाएका हुन्। रास्वपा नेता वालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन पुरा गरेसँगै यसको काम कारबाहीको विषयलाई लिएर विपक्षी दलहरुले मात्रै होइन दलभित्रैबाट आलोचना बढ्न थालेको छ। सुकुम्बासी, सीमा विवाद, आत्मदाहा प्रकरणमा सरकारले गलत गरेको भन्दै विपक्षीको आवाजमा रास्वपाकै आवाज मिसिएपछि सरकार थप आलोचित हुन थालेको छ।

संसद बैठक रोक्ने विषयमा बुधबार कार्यव्यवस्था समितिमा पनि छलफल भएको थियो। कार्यव्यवस्थामा सांसदहरुले जिल्ला जान चाहेको र बिजनेसको कमी भएको भन्दै बैठक रोक्ने प्रस्ताव गरिएको थियो। सरकारको काम कारबाहीलाई लिएर रास्वपा सांसदहरु अमरेशकुमार सिंह, मनिष झा, क्रान्तिशिखा धिताल, प्रकाशचन्द्र परियार, करिष्मा कठरिया, सुलभ खरेललगायतले सार्वजनिक रुपमा आलोचना गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

देउवाको चुनदेवी ‘कमब्याक’ : टिकट खोसियो, सभापति पद गयो, तर देउवाको शक्ति सकिएन !

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu