ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाको बुसानमा युनेस्को विश्व सम्पदा समितिको ४८ औँ महासभा शुरु


एबीसी न्यूज
४ श्रावण २०८३, सोमबार   १२ : ०९   बजे

काठमाडौं ४ साउन । दक्षिण कोरियाको बुसान शहरमा आईतवारदेखि युनेस्को विश्व सम्पदा समितिको ४८ औँ महासभा शुरु भएको छ । नयाँ विश्व सम्पदाहरूको मनोनयन तथा सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरूको संरक्षणका विषयमा छलफल गर्न आयोजित यस सत्रमा विश्वभरका करिव ३ हजार प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै युनेस्कोका महानिर्देशक खालेद एल–एनानीले विश्व सम्पदा विगतको विरासत मात्र नभई वर्तमानका लागि प्रेरणाको जीवन्त स्रोत भएको बताउनु भयो । यस सत्रलाई एकताको महत्त्वपूर्ण क्षणका रूपमा चित्रण गर्दै उहाँले साझा चुनौतीहरूको सामना गर्न र मानवताको साझा सम्पदाको रक्षाका लागि सदस्य राष्ट्रहरूलाई एकजुट भएर काम गर्न आह्वान गर्नुभयो । यसैगरी, दक्षिण कोरियाली राष्ट्रपति ली जे म्योङले विश्व सम्पदाले राष्ट्रिय सीमा र पुस्तालाई जोड्ने उल्लेख गर्दै यसलाई मानवताको साझा मूल्य र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सहयोगको आधार स्तम्भका रूपमा परिभाषित गर्नुभयो । बढ्दो द्वन्द्व र विभाजनको वर्तमान समयमा सांस्कृतिक संवादको महत्व झन् बढेको चर्चा गर्दै राष्ट्रपति लीले भन्नुभयो, ‘विश्वसँगको ऐक्यवद्धतामा हामी मानवताको शान्तिपूर्ण र समृद्ध भविष्य निर्माणका लागि युनेस्कोसँग मिलेर काम गर्नेछौँ ।’
यस बैठकले विश्व सम्पदा सूचीमा समावेश हुनका लागि आएका ३० वटा नयाँ मनोनयनहरू, मौजुदा सम्पदाहरूको परिमार्जनसम्बन्धी ३ वटा प्रश्ताव र सूचीमा सूचीकृत भइसकेका १४७ वटा सम्पदाहरूको संरक्षण अवस्थाबारे विस्तृत समीक्षा गर्नेछ । बैठकमा विभिन्न सदस्य राष्ट्रका प्रतिनिधि, पर्यवेक्षक संस्था, गैरसरकारी संस्था र प्राज्ञिक क्षेत्रका विज्ञहरूले विश्व सम्पदा महासन्धिको कार्यान्वयन, सम्पदाहरूको व्यवस्थापन र संरक्षणका विविध पक्षमा छलफल गर्ने कार्यक्रम रहेको छ। हाल विश्वभर ९७२ सांस्कृतिक, २३५ प्राकृतिक र ४१ मिश्रित गरी कूल १,२४८ वटा विश्व सम्पदाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्यान्सरसहित ६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव, अभाव हटाउन भारतको ‘सिलिङ प्राइस’ आधार बनाइने

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’

सम्बन्धित

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

प्रधानमन्त्रीको ‘अतिक्रमण’ सम्बन्धी अभिव्यक्ति: नेपालभित्र तीव्र विरोध, भारतको कूटनीतिक जवाफ

ट्रम्प-सी शिखर सम्मेलनले के समाधान गर्न सकेन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu