ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै


एबीसी न्यूज
५ श्रावण २०८३, मंगलबार   ७ : १०   बजे

काठमाडौं, ५ साउन । आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेदरल्यान्ड्स पुगेको नेपाली टोलीले आज नामिबियासँग पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

यो त्रिदेशीय शृङ्खलामा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् । नेपालले दोस्रो खेल पर्सि साउन ७ गते आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ । अहिले लिग–२ को अङ्कतालिकामा नेपाल २४ अङ्कसहित पाँचौँ स्थानमा छ । नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो, नामिबिया २२ अङ्कसहित सातौँ स्थानमा छन् ।

अङ्कतालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्यान्ड र चौथोमा ओमान रहेका छन् । विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्त्वपूर्ण छन् । घरेलु मैदान कीर्तिपुरमा सम्पन्न पछिल्लो शृङ्खलामा नेपालले आठमध्ये ६ खेल जित्दै आफ्नो अवस्था बलियो बनाएको थियो । त्यही लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्यान्ड्स पुगेको छ ।

विश्वकप लिग–२ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् । नेपालले अझै आठ खेल बाँकी रहेकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम छ । यस्तै, एक दिवसीय मान्यता जोगाउन भने शीर्ष ६ भित्र रहनु पर्छ । यो शृङ्खलाका लागि कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली नेदरल्यान्ड्स पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu