ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा


एबीसी न्यूज
६ श्रावण २०८३, बुधबार   ८ : ३३   बजे

काठमाडौं, ६ साउन । दोलखाको गौरीशंकर गाउँपालिका ९ मा आएको बाढीले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जोखिमपूर्ण स्थानमा रहेका छन् ।

मंगलबार राति गौरीशंकर गाउँपालिका(९ स्थित सिप्रिङ खोलामा आएको बाढीले स्थानीय करिब ७३ वर्षीय तसमान तामाङलाई बगाएको हो । गौरीशंकर गाउँपालिका वडा नं ९ का अध्यक्ष ङिमगेली शेर्पाले दिएको जानकारी अनुसार तसमानलाई गाई-बाख्राको गोठसहित बगाएको छ ।

उनका अनुसार अन्य चार जना जोखिमपूर्ण स्थानमा छन् । त्यस्तै बाढीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्र ९सिनर्जी हाइड्रोपावर० मा कार्यरत कर्मचारीहरु सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्किएका र त्यस ठाउँ पनि असुरक्षित रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिए । खोलामा अहिले पनि लगातार बाढी आइरहेका कारण उनीहरुको उद्धार कठिन भएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले घटनास्थलमा प्रहरी पुग्दै गरेको जानकारी दिए । ‘अहिले प्रहरीहरू सिंगटी र रोल्वालिङबाट घटनास्थल गइरहेका छन्,’ उनले भने ।

डीएसपी लामाका अनुसार दुर्गम भएको र पैदलै प्रहरी पुग्नुपर्ने भएकाले घटनास्थल पुग्न केही समय लाग्नेछ । प्रहरी घटनास्थलमा पुगेपछिमात्र थप जानकारी दिन सक्ने उनले बताए ।

बाढीले सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइडमासमेत क्षति गरेको र खोलाले दुवैतर्फको जमिन कटान गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

देउवाको चुनदेवी ‘कमब्याक’ : टिकट खोसियो, सभापति पद गयो, तर देउवाको शक्ति सकिएन !

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu