ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी, केही ठाउँमा बाढीको जोखिम


एबीसी न्यूज
११ श्रावण २०८३, सोमबार   ७ : ११   बजे

काठमाडौं, ११ साउन । देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा रातभर झरी परेको छ । अरु ठाउँको तुलनामा कास्की, लमजुङ, पाल्पा, बाग्लुङ, नवलपरासी, मकवानपुर, काभ्रे, तनहुँ, सर्लाही, म्याग्दी लगायतका जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनी र कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले तनहुँको कोटागाउँ र आसपासका क्षेत्र, काभ्रेको रोशी खोला आसपासका क्षेत्र, काभ्रेकै पाँचखाल, मण्डन र सिन्धुपालञ्चोक साँगाचोक र आसपासका क्षेत्र, सर्लाहीको मनुसमारा र आसपासका क्षेत्र, काठमाण्डौको बागमती र बिष्णुमती आसपासका क्षेत्र तथा भक्तपुरको हनुमन्तेखोला आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

रातभर पानी परिरहे पनि काठमाण्डौ जोड्ने मुख्य नाका नागढुंगा–मुग्लिन सडकखण्ड सामान्य रहेको मुग्लिन प्रहरीले जनाएको छ ।

आज दिउँसो र बेलुकीपख पनि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेशको पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भेगका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu