ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram


एबीसी –न्युज
११ श्रावण २०८३, सोमबार   ७ : ३५   बजे

काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न
काठमाडौं, साउन ११ गते । – राजधानीको बत्तीसपुतलीमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’पार्टी निर्माणमा सी जिनपिङ विचारधारा विषयक विचार गोष्ठी सम्पन्न भएको छ। ‘फ्रेन्ड्स अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपाल’ प्रभावकारी नेपालका क्लाउड प्लेटफर्ममा साथीहरूको आयोजनामा सो वृहत् जानकारीमूलक कार्यक्रम सम्पन्न भएको हो ।


प्लेटफर्मका अध्यक्ष तथा समाजसेवी शोभित उप्रेतीको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिज्ञ तथा राजनीतिक विश्लेषकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विषयगत विश्लेषक तथा राजनीतिक विज्ञहरू जगन्नाथ खतिवडा, डा। गोपाल खनाल, डा( दीपक देवकोटा र महेशराज दाहालले प्रमुख वक्ताका रूपमा आफ्ना धारणा राख्नुभएको थियो।

गोष्ठीका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी को सुदृढीकरण, संस्थागत विकास र राष्ट्रपति शी जिनपिङको राजनीतिक विचारका विविध आयामबारे गहन छलफल गरिएको थियो। माओत्सेतुङको नेतृत्वकालदेखि वर्तमान शी जिनपिङको युगसम्म आइपुग्दा चीनमा कम्युनिस्ट शासन प्रणाली कसरी स्थापित र सुदृढ भयो भन्ने इतिहास र अभ्यासमाथि वक्ताहरूले प्रकाश पार्नुभएको थियो।

साथै, वर्तमान परिवेशमा राष्ट्रपति शी जिनपिङले देश र जनताको आवश्यकतालाई केन्द्रमा राखी कसरी गहन अध्ययन तथा रणनीतिक योजनाका साथ चीनको शासन प्रणालीलाई अगाडि बढाइरहनुभएको छ भन्ने विषयमा विशेष चर्चा भएको थियो। कार्यक्रममा सहभागी राजनीतिक विश्लेषकहरूले चिनियाँ विकास मोडल र पार्टी निर्माणको अवधारणाबाट नेपालजस्ता विकासोन्मुख देशहरूले लिनसक्ने सकारात्मक पाठहरूबारे समेत आफ्ना तर्कहरू प्रस्तुत गर्नुभएको थियो ।संस्थाका महासचिव तारा बस्यालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सीमाविद् डा। विष्णुहरि नेपाल, द्वन्द्वविद् विष्णुप्रसाद उप्रेती, राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसी, पूर्व प्रहरी महानिरीक्षक रमेश खरेलका साथै वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतका विभिन्न ओहोदाका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Feminist Icon Gloria Steinem Dies Aged 92

Kenya’s Aviation Strike Ends, But Dispute Continues

Nepal Declares National Mourning Day on September 7 for Flood Victims

Florida Officials Misappropriated Taxpayer Money to Defeat Marijuana Legalization

Trump’s Bombastic Rhetoric Raises Concerns Over Hormuz Strait

Gaza Doctor Abu Safia Continues to Face Abuse in Israeli Prison

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu