ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवानगन्ज घटनापछि पूर्वी तराईमा जनजीवन पुनः नियमित, सुनसरीको कफ्र्यु हट्यो


ABC NEWS
१७ श्रावण २०८३, आइतबार   १० : २४   बजे

इटहरी/काठमाडौँ — सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा साउन १० गते भएको दुःखद घटनापछि तनावग्रस्त बनेको पूर्वी तराईको जनजीवन शनिबारदेखि पुनः सामान्य बन्न थालेको छ। मृतकको दाहसंस्कार सम्पन्न हुनु, सरकार र पीडित परिवारबीच सहमति कायम हुनु र सुरक्षा व्यवस्थामा सुधार आउनुले स्थानीयमा देखिएको त्रास घट्दै गएको हो।
सुनसरीमा विगत पाँच दिनदेखि लागू रहेको कफ्र्यु शनिबार बिहानदेखि हटाइएको छ। तर, सम्भावित जोखिमलाई ध्यानमा राखी जिल्लाका १० स्थानीय तहमा आइतबार बिहान ९ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन, धर्ना, जुलुस र सभा गर्न निषेधाज्ञा भने कायम राखिएको छ। सुरक्षा संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायको परिचालन यथावत् रहेको प्रशासनले जनाएको छ।
देवानगन्ज, हरिनगर, इनरुवा, दुहबी, बर्जु, कोशी गाउँपालिका, भोक्राहा नरसिंह, गढी तथा आसपासका बजार पुनः सञ्चालनमा आएका छन्। केही दिन सुनसान बनेका बजारमा सर्वसाधारणको चहलपहल बढेको छ। किसानले खाद्यान्न, तरकारी, दुध तथा अन्य कृषि उत्पादन बजारसम्म ल्याउन थालेका छन् भने उपभोक्ताहरू दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज रूपमा बजार पुगिरहेका छन्।
घटनापछिको असहज परिस्थितिलाई सामान्य बनाउन नेपाल सरकारले उच्च प्राथमिकतामा समन्वयात्मक पहल अगाडि बढाएको थियो। गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्रीसँग समन्वय गरी मोरङ, सुनसरी, सिराहा, धनुषालगायत जिल्लाको स्थलगत अवलोकन गर्दै पीडित परिवार, जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, धार्मिक अगुवा तथा विभिन्न समुदायका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो। गृहमन्त्री र पीडित पक्षबीचको सहमतिपछि मृतकहरूको सम्मानपूर्वक शवयात्रा निकाली दाहसंस्कार सम्पन्न गरिएको हो।
गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले घटनास्थल निरीक्षण, पीडित परिवारसँग भेटघाट, प्रत्यक्षदर्शीको बयान सङ्कलन र सुरक्षा निकायसँग विवरण लिने काम अन्तिम चरणमा पुर्‍याएको समितिका संयोजक भूपेन्द्र थापाले जानकारी दिनुभएको छ। समितिले घटनाका कारण, सुरक्षा व्यवस्थाका कमजोरी र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको उहाँले बताउनुभयो।
स्थिति सहज बन्दै गएपछि राजनीतिक तहमा पनि संयमताको आह्वान गरिएको छ। विभिन्न राजनीतिक दलका नेताहरूले सामाजिक सद्भाव कायम राख्न र कानुनी प्रक्रियामाथि विश्वास गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केन्द्रीय तहबाट विभिन्न राजनीतिक दल, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग संवाद र समन्वय गरी असामान्य स्थितिमा सुधार ल्याउन पहल गर्नुभएको थियो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले इनरुवामा आयोजित पत्रकार भेटघाटमा जिल्लाको सुरक्षा अवस्था नियन्त्रणमा रहेको जानकारी दिनुभयो। सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधिमाथि निगरानी बढाइएको उहाँको भनाइ छ। सर्वसाधारणलाई पूर्ण शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
सुनसरीसँगै मोरङ, सिराहा र धनुषालगायत पूर्वी तराईका जिल्लामा पनि दैनिक जनजीवन सामान्य बन्दै गएको छ। सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गोलबजार, लाहान, सिराहा बजारलगायत सबै क्षेत्रमा कफ्र्यु हटाइएपछि जिल्लाको जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। छिटपुट रूपमा पसलहरू खुलेका छन् भने सिटी सफारी र निजी सवारीसाधन सञ्चालनमा आएका छन्। व्यापारिक गतिविधि विस्तारै पुरानै अवस्थामा फर्किरहेको र कृषि उत्पादनको ढुवानी तथा वितरणमा समेत सहजता आएको प्रजिअ पौडेलले जानकारी दिनुभयो।
यद्यपि, सप्तरीको सदरमुकाम राजविराजलगायत केही स्थानमा भने स्थानीय प्रशासनले लगाएको कफ्र्युलाई शनिबार पनि निरन्तरता दिइएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले जिल्लामा शान्तिसुरक्षा कायम राख्न उच्च सतर्कता अपनाउँदै संवेदनशील क्षेत्रमा निगरानी बढाइएको बताउनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

समाजलाई द्वन्द्वतर्फ धकेल्ने राजनीति स्वीकार्य हुँदैन : कांग्रेस सचेतक निश्कल राई

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

रिलायबल समृद्धि योजना–२ का १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत, साउन २५ देखि कारोबार सुरु

राष्ट्र बैंकको निरीक्षणमा डिजिटल भुक्तानी सेवा प्रदायकको कमजोरी उजागर, केवाईसी प्रमाणीकरणमै गम्भीर प्रश्न

पुँजीगत खर्च सुधार्न सरकारको नयाँ रणनीति : मन्त्रालयलाई रकमान्तर अधिकार, नयाँ खरिद ऐन र तीन वर्षको स्रोत सुनिश्चित

धितोपत्र बोर्डद्वारा प्राथमिक पुँजीबजार सुधारका लागि श्वेतपत्र जारी

करदाता प्रोत्साहन उपहार कार्यक्रम : पहिलो बम्पर विजेताले पाए १० लाख रुपैयाँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu