जनकपुरधाम । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङ र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवविच शनिबार जनकपुरधाममा भेट भएको छ ।
मुख्यमन्त्री निवासमा भएको भेटमा सुनसरी घटनापछि मधेश प्रदेशमा उत्पन्न असहज परिस्थिति, मधेश प्रदेशको सुरक्षा व्यवस्था लगायतको विषयमा उहाँहरुविचमा छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सन्तु यादवले जानकारी दिनुभयो । यादवका अनुसार गृहमन्त्री गुरुङले मधेश प्रदेशको विभिन्न जिल्लामा गर्नु भएको भ्रमण र वर्तमान अवस्थाको विषयमा मुख्यमन्त्रीसँग छलफल गर्नुभएको छ ।
भेटको क्रममा मुख्यमन्त्री यादवले गृहमन्त्री गुरुङलाई मधेश प्रदेशमा उत्पन्न अवस्था र वर्तमान अवस्थालाई सहज बनाउन प्रदेश सरकारको तर्फबाट भइरहेका कामकाजको विषयमा जानकारी गराउनु भएको थियो । भेटमा प्रतिनिधिसभा सदस्य मनिष झा, मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहित उच्च सुरक्षा अधिकारीहरुकोे उपस्थिति थियो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्