ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रको मापन शक्तिशालीको सुविधाले होइन, कमजोरले पाउने न्यायले हुन्छ : सपना प्रधान मल्ल


ABC NEWS
१७ श्रावण २०८३, आइतबार   १० : २४   बजे

काठमाडौं,१६  साउन । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले लोकतन्त्रको वास्तविक मूल्यांकन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई कमजोर नागरिकले प्राप्त गर्ने न्यायबाट हुने बताएकी छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, कानुन र राज्यका संस्थाहरू बलिया भए पनि तिनको सार्थकता सबैभन्दा कमजोर नागरिकले न्याय पाउँछ वा पाउँदैन भन्ने कुराले निर्धारण गर्ने बताइन्।

उनले न्याय खोज्दै राज्यको ढोकामा पुगेका नागरिकले सुनुवाइ, सम्मान र समयमै न्याय पाउनुपर्नेमा जोड दिँदै प्रक्रिया मात्र होइन, परिणाम पनि न्यायपूर्ण हुनुपर्ने उल्लेख गरिन्।

न्यायाधीश मल्लले पछिल्ला दिनमा धर्म र समुदायका नाममा देखिएका द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै समाजमा आक्रोशभन्दा करुणा, सहिष्णुता र शान्तिको संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्ने बताइन्। कुनै पनि विषयमा सत्य, तथ्य र प्रमाणका आधारमा अभिव्यक्ति दिन आग्रह गर्दै हिंसा भड्काउने गतिविधिबाट टाढा रहनुपर्ने उनको भनाइ थियो।

उनले सामाजिक सञ्जालमा कुनै व्यक्तिको पीडालाई क्षणिक बहसको विषय बनाएर छाड्न नहुने बताउँदै त्यसलाई न्यायसम्म पुर्‍याउने दायित्व समाजको भएको उल्लेख गरिन्।

विकास र प्रविधिको नाममा कमजोर समुदायको अधिकार, पहिचान र स्वतन्त्रता कुण्ठित हुन नहुनेमा जोड दिँदै उनले सुरक्षा र विकाससँगै मानव अधिकार, समावेशिता र संवैधानिक सीमाको सम्मान पनि उत्तिकै आवश्यक रहेको बताइन्।

महाभारतको द्रौपदी प्रसंग उल्लेख गर्दै न्यायका सवालमा मौन बस्ने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि घातक हुने उनको भनाइ थियो। द्वन्द्वपीडित, सीमान्तकृत समुदाय, वातावरण संरक्षण र नागरिकको पहिचानसँग सम्बन्धित विषयमा राज्य र समाज दुवैले संवेदनशील र जिम्मेवार बन्नुपर्ने उनले आग्रह गरिन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Feminist Icon Gloria Steinem Dies Aged 92

Kenya’s Aviation Strike Ends, But Dispute Continues

Nepal Declares National Mourning Day on September 7 for Flood Victims

Florida Officials Misappropriated Taxpayer Money to Defeat Marijuana Legalization

Trump’s Bombastic Rhetoric Raises Concerns Over Hormuz Strait

Gaza Doctor Abu Safia Continues to Face Abuse in Israeli Prison

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu