ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला


Uki-Abcnews.com.np
१७ श्रावण २०८३, आइतबार   ४ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र बढ्दो आन्तरिक विवाद अन्त्य गर्दै संगठनलाई सुदृढ बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले साउन २० गते राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने उक्त भेलामा देशभरका ७५३ स्थानीय तह, ३३० प्रदेश निर्वाचन क्षेत्र, १६५ संघीय निर्वाचन क्षेत्रका प्रतिनिधिसहित करिब दुई हजार जनाको सहभागिता रहने जनाइएको छ।

महरले आन्तरिक किचलोका कारण कांग्रेस जनताका मुद्दाबाट टाढिँदै गएको भन्दै पार्टीलाई एकताबद्ध बनाउन दबाबमूलक अभियान सुरु गरिएको बताए। देश जटिल परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख प्रतिपक्ष आफैं विभाजित हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।

उनले सुनसरीबाट सुरु भई मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै हिंसामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे। घाइतेको उपचार र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग मागसमेत गरे।

अभियानले कांग्रेसको १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउन अनुशासन समिति, निर्वाचन समिति र सदस्यता छानबिन समितिमा सबै पक्षको सर्वसम्मत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग अघि सारेको छ।

महरले पार्टी सभापति तथा पदाधिकारीहरूलाई व्यक्तिगत अहम् त्यागेर संगठन एकताबद्ध बनाउन आग्रह गर्दै आवश्यक परे आफूहरू केन्द्रीय सदस्य पदबाट समेत हट्न तयार रहेको बताए।

अभियानले राष्ट्रिय भेलापछि देशभर हस्ताक्षर संकलनसहित थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। महरले “कांग्रेस जुट्दा लोकतन्त्र बलियो हुन्छ, लोकतन्त्र बलियो भए मात्र देश बलियो हुन्छ” भन्ने संकल्पसहित अभियान अघि बढाइएको बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मासुको गुणस्तरमा कडाइ गर्ने तयारी, माछासमेत कानुनी जाँचको दायरामा

कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Commerce Minister Expresses Confidence in Gen Z and PM Modi’s Support

Sunil Chhetri Pleads for Tata Group to Reconsider Jamshedpur FC’s Exit

Ferry Fire Claims Lives, Leaves Many Missing Off Indonesia

Dozens Dead in Gansu Flash Floods

Government Reaches Agreement with Hindu Representatives on 19-Point Demands

Curfew Lifted, Prohibitory Order Enforced in Rajbiraj and Bodebarsain

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu