ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार


ABC NEWS
१७ श्रावण २०८३, आइतबार   ११ : १५   बजे

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको कटान रोक्न स्थानीयले निर्माण गरेको अस्थायी बाँध भत्काउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) पुगेपछि केही समय तनाव उत्पन्न भएको छ।

स्थानीयका अनुसार सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले करिब १०० मिटर लामो बाँध भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेका थिए। केहीबेर तनावको अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य रहेको बताइएको छ।

सुस्ता बचाऊ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार बाढीबाट गाउँ जोगाउन स्थानीयले माटो भरेर अस्थायी बाँध निर्माण गरेका थिए। भारतीय पक्षले उक्त बाँध विवादित क्षेत्रमा बनेको दाबी गर्दै नेपाली भूमिमै प्रवेश गरेर भत्काउन खोजेपछि स्थानीयले विरोध गरेका हुन्।

यता, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने सीमावर्ती क्षेत्रमा स्थानीयले अस्थायी बाँध निर्माण गर्न थालेपछि भारतीय सुरक्षा निकाय बुझ्न आउँदा सामान्य विवाद भएको बताएका छन्।

यसअघि पनि नारायणी नदी नियन्त्रणका लागि निर्माण हुन लागेको १३२ मिटर लामो तटबन्धमा भारतीय पक्षले अवरोध गरेपछि काम रोकिएको थियो। अहिले त्यही स्थानबाट बाढीको जोखिम बढेपछि स्थानीयले आफ्नै पहलमा अस्थायी बाँध बनाएका थिए।

सुस्तामा हालसम्म स्थायी सीमा स्तम्भ नरहेको र सीमाको विषयमा नेपाल–भारतबीच लामो समयदेखि विवाद रहँदै आएको छ। स्थानीयका अनुसार पहिले सिमलको रुखलाई सीमा मान्ने सहमति भए पनि पछिल्लो समय भारतीय पक्षले कदमको रुखलाई आधार मान्दै आएको छ।

प्रमुख जिल्ला अधिकारी नेपालले दुवै पक्षबीच छलफलमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी जिनपिङ भारत आउने सम्भावना, ४०० सदस्यीय टोलीको तयारी

शिक्षक भर्ती परीक्षा एकै चरणमा गर्न माग गर्दै बिहारमा विद्यार्थी आन्दोलन उग्र, प्रहरीको पानीको फोहरा

चीन र भारतबीच सीमा वार्ता जारी

इरानका करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाको प्रतिबन्ध

अमेरिकी दबाब र धम्कीबाट सम्झौता कार्यान्वयन जटिल हुने इरानी राष्ट्रपति पेजेस्कियानको भनाइ

अमेरिकाले दुई लाखसम्म बी१/बी२ भिसा रद्द गर्ने तयारी, शरण माग्नेहरू लक्षित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu