ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   ११ : ५५   बजे

काठमाडौं । इजिप्टको तटीय क्षेत्रमा सोमबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकन जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान ३ बजे गएको हो ।

यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु बन्दरगाह सहर क्गभशबाट करिब ३६ किलोमिटर उत्तर–पूर्वमा रहेको थियो ।

यता, जर्मन रिसर्च सेन्टर फर जियो साइन्सेजले भने भूकम्पको तीव्रता ५.४ म्याग्निच्युड मापन गर्दै यसको गहिराइ करिब १० किलोमिटर रहेको जनाएको छ ।

अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको पुष्टि भएको छैन । मानवीय सहायता संस्थाहरूले बाहिरी वा भित्री संरचनामा क्षति पुगेको आशंका भएका भवनमा प्रवेश नगर्न तथा त्यस्ता भवनमा नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

उत्तर–पूर्वी अफ्रिकामा अवस्थित इजिप्टमा ठूलो भूकम्प विरलै जाने गर्छ । आधुनिक इतिहासमा देशकै सबैभन्दा ठूलो भूकम्प सन् १९९२ को अक्टोबरमा गएको थियो । त्यसबेला ५.८ म्याग्निच्युडको भूकम्पले राजधानीलाई प्रभावित पार्दा ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । डीडब्ल्यू

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

सम्बन्धित

कांग्रेसले सार्वजनिक गर्यो महाधिवेशन तालिका

हर्मुज स्ट्रेटलाई ‘अमेरिकी क्षेत्र’ भने ट्रम्प, इरानले गर्‍यो अस्वीकार

श्रीलंकामा पुरुषको मूत्रथैलीबाट ३.१ किलोको ढुंगा निकालियो

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

होर्मुज स्ट्रेटमा जहाजमाथि प्रोजेक्टाइल प्रहार, एक चालक दलका सदस्यको मृत्यु

अमेरिकाविरुद्ध थप आक्रामक रणनीति अपनाउने इरानको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu