ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन, मकवानपुरमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   ११ : ५५   बजे

काठमाडौं । पछिल्लो तीन घण्टामा चितवन, मकवानपुरका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । चितवनका देवघाट, नारायणी फिल्ड कार्यालय, भरतपुर एयरपोर्ट र मकवानपुर एवं आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्रमा थप वर्षाको पूर्वानुमान छ । खोलाहरूमा आकस्मिक बाढी र कतिपय स्थानमा पहिरोको समेत जोखिम रहने विभागले जनाएको छ । आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन १८, बिहान ११ः२० बजे । पछिल्लो तीन घण्टामा चितवन जिल्लास्थित नारायणी देवघाट, नारायणी फिल्ड कार्यालय, भरतपुर एयरपोर्ट र मकवानपुर जिल्ला र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र बाढी, पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाइराखौँ,” विभागले भनेको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति’ भारी वर्षा भनिने विभागले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Feminist Icon Gloria Steinem Dies Aged 92

Kenya’s Aviation Strike Ends, But Dispute Continues

Nepal Declares National Mourning Day on September 7 for Flood Victims

Florida Officials Misappropriated Taxpayer Money to Defeat Marijuana Legalization

Trump’s Bombastic Rhetoric Raises Concerns Over Hormuz Strait

Gaza Doctor Abu Safia Continues to Face Abuse in Israeli Prison

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu