ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाह्रा काटिएपछि शान्त देखिएको ‘ध्रुवे’ फेरि बस्ती नजिक, निकुञ्ज उच्च सतर्क


Uki-Abcnews.com.np
१८ श्रावण २०८३, सोमबार   १ : २५   बजे

चितवन । जनधनको ठूलो क्षति पुर्‍याउँदै आएको जंगली हात्ती ‘ध्रुवे’ दाह्रा काटिएपछि निकुञ्जभित्रै बस्न थाले पनि फेरि बस्ती नजिक देखिएपछि चितवन राष्ट्रिय निकुञ्ज उच्च सतर्कतामा पुगेको छ।

गत असार ३१ गते नियन्त्रणमा लिएर दुवै दाह्रा काटिएको ध्रुवेलाई नयाँ रेडियो कलर जडान गरी निरन्तर निगरानीमा राखिएको छ। आइतबार बिहान माडीस्थित अमेलिया कृषि फर्म नजिक देखिए पनि बस्तीमा प्रवेश गरेर क्षति नपुर्‍याएको निकुञ्जले जनाएको छ।

निकुञ्ज प्रशासन र नेपाली सेनाले रेडियो कलरमार्फत प्रत्येक १० मिनेटमा ध्रुवेको गतिविधि अनुगमन गरिरहेका छन्। हात्ती बस्ती नजिक पुगेलगत्तै स्थानीय, मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन र वडा कार्यालयलाई तत्काल सूचना दिने व्यवस्था गरिएको छ।

निकुञ्जका अनुसार डार्ट गर्दा प्रयोग गरिएको औषधिको प्रभावका कारण ध्रुवेको गतिविधि केही शिथिल भए पनि कुनै पनि बेला बस्ती पस्न सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ।

ध्रुवेले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। पछिल्लोपटक गत असार २० गते माडीमा एकै परिवारका दुई जनाको मृत्यु भएपछि निकुञ्जले नियन्त्रणमा लिएर दाह्रा काट्ने निर्णय गरेको थियो। निकुञ्ज प्रशासनले यस्ता घटना दोहोरिन नदिन निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीको घरमा प्रहरी छापा, केही नभेटिएपछि रित्तै फर्कियो : निजी क्षेत्रले उठायो राज्यको शैलीमाथि प्रश्न

न्यायपरिषद् सचिव र रजिष्ट्रार पदका लागि चारजनाबीच प्रतिस्पर्धा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Congress Approves Karnataka Cabinet Expansion with New and Returning Ministers

Wrestlers Express Disappointment After Acquittal of WFI Chief

Priyanka Gandhi Criticizes Government Over Wrestlers’ Sexual Harassal Acquittal

Death Toll Rises as Kerala Battles Rain-Related Disasters

Ferry Fire in Indonesia Claims Lives and Leaves Dozens Missing

Cockroach Janata Party to Hold Strategy Meeting in Chhatrapati Sambhajinagar

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu