ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोटका कारण बुमराह श्रीलंकाविरुद्धको टेस्ट श्रृंखलाबाट बाहिर


ABC NEWS
१८ श्रावण २०८३, सोमबार   १ : २५   बजे

काठमाडौं । भारतका स्टार तीव्र गतिका बलर जसप्रित बुमराह चोटका कारण श्रीलंकाविरुद्धको दुई टेस्टको श्रृंखलाबाट बाहिरिएका छन्।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सोमबार बुमराहको स्थानमा युवा फास्ट बलर अउकिव नाबीलाई टोलीमा समावेश गरेको जनाएको छ। नाबीले यसै श्रृंखलामार्फत भारतका लागि टेस्ट क्रिकेटमा डेब्यु गर्ने अवसर पाउने भएका छन्।

जम्मु–कश्मीरका नाबी पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले रणजी ट्रफीका पछिल्ला दुई संस्करणमा १ सय ४ विकेट लिएका थिए भने २०२५–२६ सिजनमा मात्रै ६० विकेट हात पारेका थिए।

बुमराह बायाँ घुँडाको चोटका कारण पुनःस्थापनाको क्रममा रहेका छन्। उनले गत जुलाईमा इंग्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा चोट बोकेका थिए।

भारत र श्रीलंकाबीचको पहिलो टेस्ट अगस्ट १५ देखि तथा दोस्रो टेस्ट अगस्ट २३ देखि सुरु हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

भदौ ७ अघि टीकापुर घटनाको लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न रास्वपा सांसदको माग

सम्बन्धित

एसियन गेम्सका लागि अफगानिस्तानको क्रिकेट टोली घोषणा, ६ नयाँ अनुहार

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

फिफा निलम्बनपछि नेपाली फुटबलको निकास खोज्दै सरकार र एन्फा

रोड्री बार्सिलोनामा आवद्ध, ‘मेरो सपना पूरा भयो’

सुदूरपश्चिम रोयल्सले फेरि भित्र्यायो स्कट कुगेलेइन, तेस्रो एनपीएलमा पनि साथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu