ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुर्तिबाङमा शान्ति सुरक्षा बिग्रँदै : सात दलद्वारा चरणबद्ध आन्दोलनको चेतावनी


ABC NEWS
१९ श्रावण २०८३, मंगलबार   ८ : २५   बजे
बागलुङ  । पश्चिम बागलुङको बुर्तिबाङ बजार क्षेत्रमा शान्ति सुरक्षा बिग्रँदै गएको, प्रहरी हिरासतमा नागरिकमाथि कुटपिट हुने गरेको र सामाजिक विकृति बढेको भन्दै सात राजनीतिक दलले विरोध जनाएका छन् ।
सोमबार क्रियाशील सात दलका केन्द्रीय तथा स्थानीय नेताहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ज्यादती अझै बढे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
प्रहरी कुटपिट र सामाजिक विकृतिमा दलको आपत्ति
विज्ञप्तिमा प्रहरीले अनुसन्धानका नाममा निर्दोष नागरिकलाई हिरासतमा निर्मम कुटपिट गरी मानव अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ ।
त्यसैगरी बुर्तिबाङ बजारमा जुवातास, मदिरा र लागुऔषधको प्रयोग बढेको, जथाभावी गाडी पार्किङ गर्ने गरिएको र तीव्र गति तथा हर्नले बजार अस्तव्यस्त बन्दासमेत स्थानीय सरकार र प्रहरी प्रशासन चुप लागेर बसेको दलहरूको गुनासो छ ।
दलहरूले प्रहरी हिरासतमा हुने कुटपिट तत्काल रोक्न, लागुऔषध र जुवातास नियन्त्रण गर्न, बजार अनुगमन र ट्राफिक व्यवस्थापन सुधार गर्न माग गरेका छन् । समस्याहरू तत्काल समाधान नगरे चरणबद्ध आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।
साम्प्रदायिक हिंसाप्रति दुःख
उनीहरूले हालै तराईका सुनसरी र धनुषामा भएका साम्प्रदायिक दङ्गामा तीन जना युवाले ज्यान गुमाउनुपरेको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
विज्ञप्ति जारी गर्नेहरूमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निलबहादुर पुन, नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ (ख) का सभापति मेषलाल शर्मा, नेकपा (एमाले) का गण्डकी प्रदेश सदस्य टंकप्रसाद पौडेल, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य गंगबहादुर घर्ती, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य तिलक बुढा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तमबहादुर घर्ती र नेकपा (माओवादी) का जिल्ला सदस्य शिवध्वज पुन रहेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

कांग्रेसले सुरु गर्‍यो १५औँ महाधिवेशनको तयारी, ग्यास र मल अभावप्रति चिन्ता

सम्बन्धित

गलेश्वरधाममा भक्तजनको भीड

खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, मृतकको सनाखत हुन बाँकी

‘निम्सदाइ’को शव बेलायत लगिने भएपछि जन्मथलो म्याग्दीमा निराशा

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

रातमाटामा रोटरी क्लबद्वारा एक सयभन्दा बढी बिरुवा रोपियो

बागलुङमा गाँजासहित दुई पक्राउ, अवैध काठ र ढुंगा ओसारपसारमा पनि कारबाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu