ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा बसपार्कका सुकुम्बासीको अन्तिम नामावली साउन २२ गते सार्वजनिक हुने


ABC NEWS
१९ श्रावण २०८३, मंगलबार   ८ : ५५   बजे

पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली आगामी साउन २२ गते सार्वजनिक गरिने भएको छ।

महानगरपालिकाका अनुसार बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका निवेदन र कागजातको छानबिन तथा स्थलगत निरीक्षणपछि साउन २ गते प्रारम्भिक नामावली प्रकाशित गरिएको थियो।

प्रकाशित नामावलीमाथि दाबी–विरोध दर्ता गर्ने अवधिमा १४६ वटा निवेदन प्राप्त भएको महानगरले जनाएको छ। प्राप्त निवेदनहरूको अध्ययन तथा भूमिहीन एवं अव्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति र अन्य सम्बन्धित पक्षसँग आवश्यक छलफल भइरहेको छ।

यसअघि साउन १८ गते अन्तिम नामावली सार्वजनिक गर्ने तयारी भए पनि विवरण अध्यावधिक गर्ने काम बाँकी रहेकाले म्याद थप गरी साउन २२ गते अन्तिम सूची प्रकाशन गर्ने निर्णय गरिएको पोखरा महानगरपालिकाले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद्का दुवै सदनको बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

मकवानपुरमा खोलाले चार बालिका बगायो, एकको मृत्यु; दुई अझै बेपत्ता

सम्बन्धित

मगर भाषामा समाचार प्रसारणको ३२ वर्ष स्मरण, पत्रकार मीनाकुमारी र मनसुधन थापामगर सम्मानित

गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु

कास्कीमा बाढीको वितण्डा : जलविद्युत आयोजना र झोलुंगे पुलमा क्षति

ग्यासका लागि ‘उपभोक्ता कार्ड’ अनिवार्य

मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार

बागलुङमा एलपी ग्यास वितरणमा ‘उपभोक्ता कार्ड’ अनिवार्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu