ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुकुम्वासीबारे सदनमा बहस, मन्त्रीले विपक्षीतर्फै तेर्स्याइन् औँला


Uki-Abcnews.com.np
१९ श्रावण २०८३, मंगलबार   १० : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या समाधानका लागि पाँचबुँदे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रस्ताव प्रस्तुत गर्दै आङ्देम्बेले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरण तत्काल सम्पन्न गर्न तथा योग्य परिवारलाई लालपुर्जा, सुरक्षित आवास वा सामाजिक आवास उपलब्ध गराउन सरकारसँग माग गरे।

उहाँले सम्पूर्ण व्यवस्थापन प्रक्रियाको जिम्मेवारी स्पष्ट गर्न, सम्बन्धित निकायबीच समन्वय कायम गर्न तथा अनधिकृत व्यक्तिको निर्देशनमा भएको भनिएको प्रहरी हस्तक्षेपबारे तथ्यसहित जवाफ दिन सरकारसँग माग गरे।

स्थायी समाधान नहुँदासम्म प्रभावित नागरिकलाई स्वच्छ खानेपानी, खाद्यान्न, शौचालय, स्वास्थ्य सेवा तथा सुरक्षाजस्ता आधारभूत सुविधा सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो। गर्भवती महिला, सुत्केरी, शिशु, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीका लागि विशेष व्यवस्था गर्नुपर्ने माग पनि प्रस्तावमा समेटिएको छ।

त्यसैगरी, प्रभावित बालबालिकाको पढाइ अवरुद्ध हुन नदिन निःशुल्क यातायात, आवश्यक शैक्षिक सामग्री र प्रमाणपत्र उपलब्ध गराउन तथा परिवारको सहमतिबिना विद्यालय परिवर्तन गर्न बाध्य नपार्न सरकारसँग आग्रह गरिएको छ।

आङ्देम्बेले २५ हजार रुपैयाँ राहत दिएर राज्य आफ्नो जिम्मेवारीबाट मुक्त हुन नसक्ने उल्लेख गर्दै डोजर, स्थानान्तरण तथा बाढीका कारण भएको क्षतिको वास्तविक मूल्यांकन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताए। साथै, भूमिहीन समस्या समाधानका लागि स्पष्ट समयसीमा घोषणा गर्न पनि सरकारलाई आग्रह गरे।

छलफलका क्रममा एमालेकी पद्मा अर्यालले विगतमा कानुनी र प्रशासनिक जटिलताका कारण काम प्रभावित भएको उल्लेख गर्दै अहिले प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको दाबी गरिन्। नेकपाका प्रमुख सचेतक युवराज दुलालले केही जिल्लामा लालपुर्जा वितरण हुनु विगतमा भएको तयारीको परिणाम भएको बताए भने श्रम संस्कृतिका सांसद आरेन राईले समस्या छिटो समाधान गर्न जोड दिए।

छलफलका क्रममा रास्वपाका सांसदहरूले विगत ३५ वर्षसम्म समस्या समाधान हुन नसकेको विषय उठाउँदै प्रतिपक्षमाथि प्रश्न गरे। इन्दीरा रानामगरले विगतका सरकारले लालपुर्जा वितरण गर्न नसकेको भन्दै आलोचना गरिन् भने गणेश कार्कीले अब लामो बहसभन्दा काममा केन्द्रित हुनुपर्ने धारणा राखे। पारशमणि गेलालले समस्या जटिल भएकाले छोटो समयमा समाधान सम्भव नरहेको बताए।

कांग्रेसका सांसदहरूले भने गरिबमाथि डोजर चलाएर होइन, कानुनी र मानवीय आधारमा समस्या समाधान गर्नुपर्ने धारणा राखे। सत्तापक्षका सांसदहरूले स्थानीय तहको सहयोगबिना प्रक्रिया अगाडि बढ्न नसक्ने बताएका थिए।

छलफलको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकार भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानप्रति प्रतिबद्ध रहेको बताइन्। तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहबाट पर्याप्त सहयोग नपाउँदा लालपुर्जा वितरण प्रक्रिया प्रभावित भएको उनको भनाइ थियो।

मन्त्री रावलले काठमाडौंका होल्डिङ सेन्टरबाट संकलित विवरणमध्ये धेरै पालिकाले आवश्यक सूचना नै प्रकाशित नगरेकाले प्रक्रिया अघि बढ्न नसकेको बताइन्। उनले सार्वजनिक महत्त्वको प्रस्तावको प्रतिलिपि सम्बन्धित पालिकामा समेत पठाएर सहयोगका लागि पहल गर्न आग्रह गरिन्।

उनका अनुसार हाल भूमिहीन र सुकुम्वासी गरी करिब १२ लाख लाभग्राहीको तथ्यांक संकलन भएको छ भने चार जिल्लामा लालपुर्जा वितरण भइसकेको छ। साथै, विगतमा गठन भएका तीनवटा आयोगमा मात्रै करिब दुई अर्ब ११ करोड रुपैयाँ खर्च भएको उल्लेख गर्दै त्यो रकम व्यवस्थापनमै लगाइएको भए समस्या धेरै हदसम्म समाधान भइसक्ने दाबी गरिन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक, धेरै भारतीय

ठेकेदार र क्यासिनो सञ्चालकले किन तिर्दैनन् करोडौं बक्यौता ?

शिश महल

जलजला : रोल्पाको चारै ऋतुमा फरक रूप

मध्यपहाडी राजमार्गसँगै फेरियो लुगुमको स्वरूप

विदेशको दुःखपछि गाउँमै सफलता: ढोरपाटनमा घोडाचढी व्यवसायबाट मासिक ३५ हजार आम्दानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu