ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव


ABC NEWS
१९ श्रावण २०८३, मंगलबार   १० : ०५   बजे

काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदाले वातावरण क्षेत्रका विज्ञ, प्राध्यापक तथा व्यावसायिक संस्थाहरूको गम्भीर असन्तुष्टि जन्माएको छ। विशेषगरी ‘वातावरण निरीक्षक’को योग्यतासम्बन्धी प्रस्तावित व्यवस्थाले वातावरण विज्ञानको विषयगत विशिष्टता र वैज्ञानिक आधारलाई कमजोर बनाउने भन्दै सरोकारवालाले संशोधनको माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको मस्यौदाअनुसार वातावरण निरीक्षक बन्न वातावरण विज्ञान वा वातावरण व्यवस्थापन मात्रै होइन, वन विज्ञान, जीव विज्ञान, रसायनशास्त्र, भौतिक विज्ञान, चिकित्सा विज्ञान, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, वित्त व्यवस्थापन, शहरी योजना, पुरातत्व, सिभिल, मेकानिकल, केमिकल, माइनिङ तथा मेटलर्जिकल इन्जिनियरिङ, कृषि, पशु विज्ञान र खाद्य प्रविधिलगायतका विषयमा स्नातक गरी कम्तीमा दुई वर्ष सरकारी सेवामा अधिकृतस्तरमा काम गरेको व्यक्ति पनि योग्य हुने प्रस्ताव गरिएको छ।

यही व्यवस्थाप्रति आपत्ति जनाउँदै नेपाल वातावरण समाजका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. विनोद बानियाँले वातावरण निरीक्षकजस्तो विशिष्टीकृत प्राविधिक पदमा असम्बन्धित विषयका जनशक्तिलाई समान रूपमा योग्य मान्नु वैज्ञानिक र व्यावहारिक दुवै हिसाबले उपयुक्त नहुने बताए।

उनका अनुसार वातावरणीय निरीक्षण सामान्य प्रशासनिक काम होइन। यसमा पानी, हावा र माटोको गुणस्तर परीक्षण, प्रदूषणको वैज्ञानिक विश्लेषण, वातावरणीय जोखिम मूल्यांकन, वातावरणीय प्रभाव मूल्यांकनको अनुगमन तथा कानुन कार्यान्वयनजस्ता उच्च प्राविधिक जिम्मेवारी समावेश हुन्छन्।

डा. बानियाँले नेपाल वातावरण समाजको अगुवाइमा सरोकारवालाको बैठक बसेर विधेयकको उक्त व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गरिएको र संशोधनका लागि संयुक्त रूपमा सरकारसमक्ष माग गर्ने निर्णय भएको जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. कमलराज गोसाईले वातावरणीय सुशासन, दिगो विकास र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न विषयगत दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै वातावरण निरीक्षकको योग्यता कमजोर बनाउने व्यवस्था दीर्घकालीन रूपमा हानिकारक हुन सक्ने बताए।

यस्तै, पाटन संयुक्त क्याम्पसका वातावरण विभाग प्रमुख डा. अमृत शर्माले विषयगत विज्ञ, विश्वविद्यालय र व्यावसायिक संस्थासँग पर्याप्त छलफल नगरी यस्तो व्यवस्था अघि बढाउँदा वातावरणीय प्रशासन र सार्वजनिक विश्वासमै नकारात्मक असर पर्न सक्ने बताए।

यता कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले सार्वजनिक भएको दस्तावेज अन्तिम विधेयक नभई प्रारम्भिक मस्यौदा मात्र रहेको स्पष्ट पारे। उनका अनुसार सरोकारवालाबाट राय–सुझाव लिनकै लागि मस्यौदा सार्वजनिक गरिएको हो र प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरिनेछ।

प्रवक्ता ढकालले वातावरण बहुआयामिक विषय भएकाले विभिन्न क्षेत्रको सहभागितालाई ध्यानमा राखेर प्रस्ताव तयार गरिएको बताए। तर अन्तिम निर्णय भने कानुन निर्माण प्रक्रियामा हुने छलफल र विधायिकाको निर्णयअनुसार हुने स्पष्ट पारे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई विशेष सुविधा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने सरकारको निर्णय

भोटेकोसी उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई विशेष सुविधा

सुरुङमा फसेकाको उद्धारका लागि प्रविधि छैन भन्नु गैरजिम्मेवार : सांसद काउचा

साल्ट ट्रेडिङ र खाद्य कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने सरकारको निर्णय

चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए

नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको मुख्यसचिवमा पदस्थापन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu