ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटमा १० जना ‘सर्टलिस्ट’, शुक्रबार प्रस्तुतीकरण र अन्तर्वार्ता


Uki-Abcnews.com.np
२० श्रावण २०८३, बुधबार   १ : ४५   बजे

बनेपा । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति नियुक्तिका लागि आवेदन दिएका ३५ उम्मेदवारमध्ये १० जनाको सङ्क्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरिएको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले सूची सार्वजनिक गर्दै शुक्रबार उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने जनाएको छ।

मन्त्रालयका अनुसार सङ्क्षिप्त सूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने परेका छन्।

मन्त्रालयले यी उम्मेदवारका सम्बन्धमा बुधबारभित्र राय तथा सुझाव उपलब्ध गराउन पनि सरोकारवालासँग आग्रह गरेको छ।

सूचनाअनुसार दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकास नकर्मी र बिमप्रसाद श्रेष्ठले शुक्रबार बिहान ८ बजेदेखि १५–१५ मिनेटको प्रस्तुतीकरण गर्नेछन्। त्यसपछि राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपानेले शुक्रबार दिउँसो १ बजेदेखि आफ्नो प्रस्तुतीकरण दिनेछन्। प्रस्तुतीकरण सम्पन्न भएपछि उम्मेदवारहरूको अन्तर्वार्ता लिइने मन्त्रालयले जनाएको छ।

उपकुलपति पदका लागि आवेदन दिएका पूर्वउपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्ले भने यसपटकको सङ्क्षिप्त सूचीमा पर्न सकेनन्।

सर्टलिस्टमा परेका उम्मेदवारमध्ये दयाराम पोखरेल, शेषानन्द सञ्जेल र विकास नकर्मी काठमाडौं विश्वविद्यालयबाहिरका व्यक्तित्व हुन् भने अन्य सात जना विश्वविद्यालयसँग आबद्ध रहेका छन्।

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा नाम सिफारिस गर्न ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम छनोट प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

११४ दिनपछि खुल्यो सार्वजनिक पुस्तकालय, ढिलो खुलेपछि पाठक असन्तुष्ट

गुठी युवा क्लबले भदौ २८–२९ मा पाँचौं तीज मेला गर्दै

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय बन्द भएको ११२ दिन, तत्काल खोल्न नेविसंघको माग

विद्यालय तहमा थपिँदै आठ नयाँ पाठ्यक्रम, कुल सङ्ख्या तीन सय नाघ्यो

पुस्तकालय, खुलाउन सरकारसँग बौद्धिक समुदायको आग्रह

खेर जाने कृषि अवशेषबाट बुद्धसम्बन्धी कलाकृति निर्माण, स्थानीय महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu