ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ७ : २५   बजे

काठमाडौं । मेक्सिकोको सिनालोआ राज्यमा लोकप्रिय सामाजिक सञ्जाल इन्फ्लुएन्सर सेसर गास्टेलमको टिकटक लाइभस्ट्रिमकै क्रममा गोली हानी हत्या गरिएको छ। घटनाले मेक्सिकोमा बढ्दो हिंसा र सार्वजनिक व्यक्तिहरूमाथि हुने आक्रमणबारे फेरि चिन्ता बढाएको छ।

प्रहरीका अनुसार करिब ६ लाख टिकटक फलोअर्स रहेका २५ वर्षीय गास्टेलम साथीहरूसँग भिडियो सामग्री तयार गर्दै एक फास्टफुड रेस्टुरेन्टबाहिर लाइभस्ट्रिम गरिरहेका थिए। उनीहरू सामाजिक सञ्जालमा चलिरहेको एक च्यालेन्जका लागि डेलिभरी ड्राइभरको पोसाकमा देखिएका थिए।

यही क्रममा मोटरसाइकलमा आएका दुई आक्रमणकारीमध्ये पछाडि बसेका व्यक्तिले गास्टेलममाथि नजिकबाट गोली प्रहार गरेका थिए। गोली लागेपछि उनी घटनास्थलमै ढलेका थिए र केहीबेरमै लाइभस्ट्रिम बन्द भएको थियो।

घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको भए पनि स्थानीय सुरक्षा अधिकारीहरूले त्यसको आधिकारिक पुष्टि गरेका छैनन्। सिनालोआ राज्यका सुरक्षा निकायले भने गास्टेलमको मृत्यु भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।

प्रहरीले आक्रमणको उद्देश्य र संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ। हालसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन।

सिनालोआ मेक्सिकोको हिंसात्मक अपराध प्रभावित क्षेत्रमध्ये एक मानिन्छ। त्यहाँ संगठित अपराध समूहबीच हुने द्वन्द्वका कारण हत्या र सशस्त्र आक्रमणका घटना पटक–पटक हुने गरेका छन्।

यस घटनाले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सक्रिय व्यक्तिहरूको सुरक्षाबारे पनि नयाँ बहस सुरु गराएको छ। बीबीसीका अनुसार अनुसन्धान जारी रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रोत्साहन भत्ता: योगदानकै आधारमा वितरण हुनुपर्छ

कालीमाटी बजारमा आज कृषिउपजको थोक मूल्य निर्धारण

सम्बन्धित

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

अमेरिकाको नयाँ प्रतिबन्धको घेरामा इरानका व्यापारिक साझेदार, चीनदेखि पाकिस्तानसम्म दबाब बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu