ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपिएल : फाइनलमा धनगढी र काठमाडौँ भिड्ने


admin
२९ चैत्र २०७४, बिहिबार   ४ : ४८   बजे

धनगढी, २९ चैत । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्ने भएका छन् ।

आजको खेलमा महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सम्पन्न प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो । महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो ।

काठमाडौँले एक सय ४३ रनको विजय लक्ष्य १८ दशमलव दुई ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो । काठमाडौँका लागि सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए । उनले १८ बलमा पाँच छक्का र चार चौका प्रहार गरे । अमित श्रेष्ठले १९ बलमा पाँच चौकासहित २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ तथा भूपेन्द्र थापाले २१ बलमा १५ रन बनाए ।

बलिङतर्फ महेन्द्रनगरका लागि पुनित मेहराले दुई तथा भुवन कार्की, पुनित विष्ट र रवीन क्षत्रीले एक÷एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा महेन्द्रनगरले पाँच ओभरमा १० रन बनाउँदै ६ विकेट गुमाएको थियो । ती सबै विकेट सन्नी पटेल एक्लैले लिएका थिए । आरिफ शेख र पुनित मेहराले महेन्द्रनगरलाई सम्मानजनक स्कोरसम्म पु-याए । मेहराले ५८ तथा शेखले ४३ रन बनाए । मेहराले ४२ बलमा चार छक्का र चार चौका प्रहार गरे भने शेखले ३९ बल खेल्दै एक छक्का र चार चौका हाने । करण केसीले १२ बलमा दुई छक्कासहित २१ रन बनाए ।

बलिङतर्फ प्लेयर अफ द म्याच भएका कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए । उनी डिपिएल क्रिकेटको एउटै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने । यस्तै सुबोथ भाटी र पुष्प थापाले एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu