ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   १० : ३५   बजे

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत ‘नेपालपे’ कार्ड सेवा सञ्चालनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकले आफ्ना ग्राहकलाई ‘नेपालपे’ कार्ड जारी गर्न सक्नेछ । साथै, अन्तर्राष्ट्रिय कार्ड सञ्जालअन्तर्गतका कार्ड तथा ‘नेपालपे’ कार्डका कारोबारसमेत एउटै प्रणालीमार्फत प्रशोधन गर्न सकिने व्यवस्था हुनेछ ।

एनसीएचएलका अनुसार ‘नेपालपे’ कार्डको व्यावसायिक विस्तारसँगै अब यो कार्ड नेपालभित्र मात्र नभई विदेशमा रहेका एटीएम र पीओएस मेसिनमार्फत पनि प्रयोग गर्न सकिनेछ ।

हाल एनसीएचएलको विद्युतीय कोष स्थानान्तरण प्रणालीमार्फत ११ वटा बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्डका कारोबार प्रशोधन गरिरहेका छन् । राष्ट्रिय भुक्तानी प्रणालीसँग एकीकरण भएपछि ‘नेपालपे’ कार्डका कारोबार पनि यही प्रणालीबाट सञ्चालन हुनेछन् ।

एनसीएचएलका अनुसार हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था ‘नेपालपे’ प्रणालीमा आबद्ध भएका छन् । तीमध्ये ८ संस्थाले ‘नेपालपे’ कार्ड जारी गरिसकेका छन् भने ११ भन्दा बढी संस्थाले कार्ड स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याएका छन् ।

ज्योति विकास बैंकले हाल १० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ । बैंकले देशभर १२१ शाखा, दुई विस्तारित सेवा कक्ष र ७५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तर तीव्र बनाइरहेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ

अन्नपूर्ण गाउँपालिकामा वडा पुनर्संरचनाको प्रस्ताव, घान्द्रुक र सल्यानमा थप वडा बनाउने तयारी

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

मल अभावले सर्लाहीका किसान संकटमा, युरिया र डीएपीका लागि बिहानैदेखि लाइन

Turkiye’s Erdogan Visits Saudi Arabia Amid Regional Tensions

Congress MP Challenges RSS Chief Over Student Protests

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu