नवलपरासी, २९ चैत । पूर्वी नवलपरासीस्थित बुलिङ्गटार गाउँपालिकाको सिमार्दीमा आज जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य आठजना गम्भीर घाइते भएका छन् ।
भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग१ज ५३३७ नंको जिप बुलिङ्गटार गाउँपालिका–५ र ६ को बीचमा पर्ने सिमार्दीमा कच्ची सडकबाट खसेको थियो ।
मृत्यु हुनेमा जिपमा सवार तनहँु रिसिङ्ग गाउँपालिका–५ का भीमबहादुर मुग्नी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
घाइतेहरूको चितवनको विभिन्न अस्पतालमा भइरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्