ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत नगद लाभांश घोषणा


ABC NEWS
२३ श्रावण २०८३, शनिबार   २ : २५   बजे

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ। बैंकको सञ्चालक समितिको शनिबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकका अनुसार हाल कायम रहेको ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसा चुक्तापुँजीमध्ये अग्राधिकार तथा साधारण शेयरधनीलाई छुट्टाछुट्टै आधारमा नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ।

सञ्चालक समितिको निर्णयअनुसार ३५ करोड रुपैयाँ अग्राधिकार शेयरपुँजीमा बाँडफाँट भएको मितिदेखि गत असार मसान्तसम्मको अवधिका लागि ९ प्रतिशत का दरले १ करोड ४० लाख ६७ हजार १२३ रुपैयाँ २९ पैसा नगद लाभांश प्रदान गरिनेछ।

त्यसैगरी, ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसा बराबरको साधारण शेयरपुँजीमा १५ प्रतिशत का दरले ५७ करोड ९२ लाख ८९ हजार ६२२ रुपैयाँ २४ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ।

बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभा (AGM) मा पेश गर्नेछ। साधारणसभाबाट अनुमोदन भएपछि मात्र उक्त लाभांश शेयरधनीलाई वितरण गरिनेछ।

कामना सेवा विकास बैंकले चालु लाभांश घोषणा गर्दै आर्थिक वर्ष २०८२/८३ को नाफा वितरण प्रक्रिया सुरु गर्ने पहिलो बैंक बनेको छ। बैंकिङ क्षेत्रका अन्य बैंक तथा वित्तीय संस्थाले पनि आगामी दिनमा आफ्नो वित्तीय प्रतिवेदन र नियामकीय स्वीकृतिका आधारमा लाभांश घोषणा गर्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

‘सामाजिक सञ्जालको सरकार’ र संकटमा परिरहेको सञ्चार क्षेत्र : बालेन युगले उठाएका गम्भीर प्रश्नहरू

सम्बन्धित

विद्युत्मा १३% भ्याट लगाउने निर्णय जनविरोधी : कुलमान घिसिङ

बजेट कार्यान्वयनसँगै विकास आयोजनाको ठेक्का प्रक्रिया तीव्र, मिटर अभाव पनि घट्दै : ऊर्जामन्त्री श्रेष्ठ

हुलास फिनसर्भको नाफामा ८४ प्रतिशत उछाल, कर्जा लगानी १२ अर्ब नाघ्यो

पोखरा–देउखुरी उद्योग वाणिज्य संघबीच सहकार्यको सहमति

रिलायबल समृद्धि योजना–२ का १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत, साउन २५ देखि कारोबार सुरु

राष्ट्र बैंकको निरीक्षणमा डिजिटल भुक्तानी सेवा प्रदायकको कमजोरी उजागर, केवाईसी प्रमाणीकरणमै गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu