ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानका उपलब्धिमाथि सरकारबाटै प्रश्न उठिरहेको छ : आङ्देम्बे


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : १५   बजे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरूबाटै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने काम भइरहेको आरोप लगाएका छन्।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आङ्देम्बेले संविधानले सुनिश्चित गरेका उपलब्धिमाथि कार्यकारी निकायबाट पटक–पटक ‘घोचपेच’ हुने गरेको बताए। संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको निकायबाटै यस्ता प्रश्न उठ्नु गम्भीर विषय भएको उनको भनाइ थियो।

संघर्षबाट प्राप्त अधिकार

आङ्देम्बेले संविधानले आदिवासी जनजातिसहित महिला, दलित, मधेसी, मुस्लिम, थारू तथा अन्य सीमान्तकृत समुदायका पहिचान, अधिकार र प्रतिनिधित्वलाई लिपिबद्ध गरेको बताए।

यी उपलब्धि कसैको ‘निगाह’बाट प्राप्त नभएको उल्लेख गर्दै उनले विगतका पुस्ताले लामो संघर्ष गरेर अधिकार स्थापित गरेको बताए।

उनले भने, ‘कार्यकारी निकायबाटै हामीले प्राप्त गरेको उपलब्धिमाथि जानेर हो या नजानेर, घरीघरी घोचपेच भइराख्दा यसमाथि उत्पन्न भएको शंकाको कालो बादल हटिसक्यो भनेर ढुक्क भएर बस्ने अवस्था छैन।’

उपलब्धि संरक्षणमा एकता आवश्यक

संघर्षबाट प्राप्त उपलब्धिलाई राजनीतिक भाषण गर्ने वा भीड जम्मा गर्ने विषय मात्र बनाउन नहुने आङ्देम्बेले बताए।

उनले आदिवासी जनजाति समुदाय आफ्ना अधिकारको संरक्षणका लागि एकजुट हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। सामाजिक सञ्जालमा अधिकारका विषयमा आवाज उठाउने गरे पनि अधिकार संरक्षणका लागि आवश्यक एकता र शक्ति प्रदर्शन गर्ने समयमा उपस्थिति कमजोर हुने गरेको उनको भनाइ थियो।

अधिकारको रक्षा गर्न समुदाय आफैँ सचेत, संगठित र एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए।

संविधान संशोधनमा सबै समुदायका माग समेट्न आग्रह

२०७२ सालमा संविधान जारी हुँदा देशका केही भागमा दीपावली गरिएको र केही ठाउँमा संविधान जलाइएको अवस्था स्मरण गर्दै आङ्देम्बेले आगामी संवैधानिक अभ्यास तथा संशोधनका क्रममा असन्तुष्ट समुदायका माग सम्बोधन गर्नुपर्ने बताए।

संविधान संशोधन गर्दा आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारू तथा अन्य सीमान्तकृत समुदायसँग गरिएका प्रतिबद्धता समेटिनुपर्ने उनको भनाइ थियो।

सरकारले गठन गरेको समितिका विषयमा नेपाली कांग्रेसको केही ‘रिजर्भेसन’ रहेको उल्लेख गर्दै उनले आदिवासी जनजाति समुदायले पनि यस विषयमा गम्भीर भएर ध्यान दिनुपर्ने बताए।

संसद् र सडकबाट खबरदारी गर्ने कांग्रेसको प्रतिबद्धता

दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिमाथि अझै प्रश्न उठिरहेको आङ्देम्बेले बताए।

धर्मनिरपेक्षता, संघीयता, प्रदेश संरचना तथा समानुपातिक समावेशी प्रतिनिधित्व संविधानको मूल मर्म भएको उल्लेख गर्दै उनले संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसले सरकारलाई संसद् र सडक दुवैबाट खबरदारी गर्ने बताए।

नेपाली कांग्रेस निरन्तर आदिवासी जनजाति समुदायको साथमा रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ सम्पर्कविहीन

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Iran Red Crescent Urges ICC Investigation Into Deadly US Strike on Wedding Party

Nepal Floods Devastate Communities After Glacier Collapse

Turkish Cargo Ship Sinks After Collision in Marmara Sea

NCC Establishes Facilitation Desk Amid Disaster

Chinese AI Gains Ground as US Struggles with Policy Uncertainty

China’s Support for Iran Shows Limits as U.S. Pressure Intensifies

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu