ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार बाटो बिराए पार्टीले सही ठाउँमा ल्याउँछ : रवि लामिछाने


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : १५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र प्रतिबद्धताअनुसार काम गर्न नसके पार्टीले हस्तक्षेप गर्ने बताएका छन्।

सरकारको कार्यशैलीबारे टिप्पणी गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए राजनीतिक दलका रूपमा त्यसलाई सही मार्गमा ल्याउने क्षमता रास्वपासँग रहेको दाबी गरे। उनले सरकार अहिले नै असफल नभएको र त्यस्तो अवस्था आउन नदिने बताए।

“सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ,” उनले भने, “आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ। तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ।”

सरकार सञ्चालनलाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले कहिलेकाहीँ प्राविधिक समस्या वा बाह्य कारणले आउने ‘टर्बुलेन्स’बाट आत्तिन नहुने बताए। उनले सरकारलाई निर्धारित गन्तव्यमा पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको बताए।

चार महिनामा परिवर्तनको संकेत देखिनुपर्थ्यो

लामिछानेले सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास देखिन नसकेको स्वीकार गरे।

उनले चार महिना नै सरकारको पूर्ण मूल्याङ्कन गर्ने पर्याप्त समय नभए पनि यस अवधिमा केही सकारात्मक परिवर्तनको संकेत देखिनुपर्ने बताए। नागरिकका सुझाव र गुनासालाई पार्टीले नजिकबाट सुनिरहेको भन्दै उनले वर्तमान अवस्थाप्रति चिन्तित नहुन आग्रह गरे।

रास्वपामा समाज परिवर्तनको हुटहुटी भएका युवा तथा गैरराजनीतिक पृष्ठभूमिका व्यावसायिक व्यक्तिहरूको ठूलो समूह रहेको लामिछानेले बताए। उनले असहज परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी पार्टीसँग रहेको दाबी गरे।

“अप्ठ्यारो परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी हाम्रो पार्टीसँग छ। किनकि यो पार्टीमा केही गरौँ भन्ने हुटहुटी भएका युवाहरू छन्,” उनले भने।

लामिछानेले वर्तमान सरकार नागरिककै सरकार भएको उल्लेख गर्दै इतिहासले सुम्पिएको जिम्मेवारी जनतासँगको सहकार्यमा सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार पटक म्याद थप्दा पनि बनेन गुल्मी अस्पताल, थप ढिलाइ स्वीकार्य छैन : मन्त्री लम्साल

सुनकोसीमा हाम फालेकी तिलकुमारीको शव फेला, पति अझै बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Iran’s President Urges End to ‘No War, No Peace’ Status with U.S.

Congress Leader Criticizes Home Minister’s Silence on Protest Response

Iran’s President Reportedly Meets With Supreme Leader Amid Health Concerns

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

Israel Rejects Trump-Backed Plan for Gaza Disarmament

Turkey Seeks to Expand New Defense Pact with Saudi Arabia and Pakistan

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu