ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्री गोविन्दराज जोशी जेल नबसी कैद भुक्तान


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : २५   बजे

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशी अब जेल बस्न नपर्ने भएको छ। सर्वोच्च अदालतले दुई वर्षअघि ९ महिना कैद र जरिवाना तोकेका जोशीलाई ज्येष्ठ नागरिकका लागि कानुनमा रहेको कैद छुटको व्यवस्था लागू हुने भएको हो।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले शुक्रबार जोशीले दिएको कैद छुटसम्बन्धी निवेदनमा बहुमतबाट आदेश गरेको हो। जोशीले असार २४ गते ७५ वर्षमाथिका ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा माग गर्दै निवेदन दिएका थिए।

कानुनी व्यवस्थाअनुसार ७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले कैद सजायमा ७५ प्रतिशतसम्म छुट पाउन सक्छन्। जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा ३ महिना १७ दिन हिरासतमा बसेको उल्लेख गर्दै बाँकी कैद छुटको माग गरेका थिए।

जोशीलाई कैद छुट दिन मिल्ने वा नमिल्ने विषयमा विशेष अदालतका न्यायाधीशबीच भने मतभेद देखिएको थियो। न्यायाधीश पौडेल र कोइरालाले कारागारमा नरहे पनि ज्येष्ठ नागरिकले कैद छुट पाउन सक्ने राय राख्नुभएको थियो। तर न्यायाधीश रावलले भने कैद छुटका लागि पहिले कारागारमा बसेर निवेदन दिनुपर्ने मत राख्नुभएको थियो। दुई न्यायाधीशको बहुमतका आधारमा जोशीलाई जेल नबसी कैद भुक्तान गर्न पाउने आदेश भएको हो।

सर्वोच्च अदालतले २०८१ साउन १३ गते जोशीलाई ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना सुनाएको थियो। यसअघि विशेष अदालतले २०६९ साउन १० गते उनलाई १ वर्ष ६ महिना कैद तथा २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो।

विशेष अदालतको फैसला पुनरावलोकन गर्दै सर्वोच्चले कैद र जरिवाना दुवै घटाएको थियो। जोशीले अनुसन्धानका क्रममा भोगिसकेको ३ महिना १७ दिनको थुनासमेत समायोजन हुने र ज्येष्ठ नागरिकका रूपमा बाँकी कैदमा छुट पाएपछि अब उनले कारागार गएर थप कैद भुक्तान गर्नुपर्ने छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार पटक म्याद थप्दा पनि बनेन गुल्मी अस्पताल, थप ढिलाइ स्वीकार्य छैन : मन्त्री लम्साल

सुनकोसीमा हाम फालेकी तिलकुमारीको शव फेला, पति अझै बेपत्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Iran’s President Urges End to ‘No War, No Peace’ Status with U.S.

Congress Leader Criticizes Home Minister’s Silence on Protest Response

Iran’s President Reportedly Meets With Supreme Leader Amid Health Concerns

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

Israel Rejects Trump-Backed Plan for Gaza Disarmament

Turkey Seeks to Expand New Defense Pact with Saudi Arabia and Pakistan

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu