ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धार्मिक असहिष्णुताले सामाजिक सद्भावमा चुनौती : महन्थ ठाकुर


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : ०५   बजे

काठमाडौं — जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दै गएको धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम गर्न कानुनी र नैतिक आधार बलियो बनाउनुपर्ने बताएका छन्।

सोमबार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयन सम्बन्धमा भएको छलफलमा बोल्दै ठाकुरले धार्मिक तथा सामाजिक विविधताबीच सहिष्णुता कायम गर्न राज्य र नागरिक दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिए।

उनले नेपालको विविधतापूर्ण समाजमा एउटा समुदायका धार्मिक गतिविधि, जुलुस वा नाराबाजी अर्को समुदायका लागि असहज बन्ने गरेको उल्लेख गरे। धर्मका नाममा हुने विवादको मूल कारण मानवीय नैतिकताको अभाव भएको उनको तर्क थियो।

‘एक समाजको मठ–मन्दिर अगाडि अर्को समाजको जुलुस जाँदा कतिपय अवस्थामा सहिष्णुता देखिए पनि, कतिपय अवस्थामा फरक नारा र धार्मिक मान्यताका कारण टकराव हुने गरेको छ,’ ठाकुरले भने, ‘यस्तो असहिष्णुताले समाजमा मारकाट र द्वन्द्व निम्त्याउने गरेको छ।’

धर्मभन्दा माथि नैतिकता आवश्यक

ठाकुरले धर्मका नाममा हुने विवादमा नैतिकताको प्रश्नलाई केन्द्रमा राख्नुपर्ने बताए। भगवानको नाममा हुने झगडासमेत मानवीय नैतिकता र सामाजिक मर्यादाको अभावकै परिणाम भएको उनको भनाइ थियो।

‘नैतिकता मानिसको बीचमा हुनुपर्ने विषय हो,’ उनले भने।

पछिल्लो समय पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइनु दुःखद् भएको उल्लेख गर्दै ठाकुरले शिक्षाले नागरिकमा नैतिक मूल्य र सामाजिक उत्तरदायित्व विकास गर्नुपर्ने बताए।

उनले समाजमा न्याय र व्यवस्था कायम राख्न कानुनी आधार अनिवार्य रहेको धारणा राखे।

‘यदि समाजमा कानुनी आधार रहन्छ भने मात्र पीडितले न्यायका लागि पहल गर्न सक्छन्, अन्यथा समाज अराजकतातर्फ धकेलिन्छ,’ उनले भने।

‘सहनशील संस्कृतिलाई कमजोरी नठानौँ’

नेपालको संस्कृतिलाई ‘प्यासिभ’ अर्थात् सहनशील संस्कृतिका रूपमा चित्रण गर्दै ठाकुरले सहिष्णुता नेपाली समाजको कमजोरी नभएको बताए।

विविध धर्म, भाषा, जातजाति र समुदायबीच सहअस्तित्व कायम राख्न सहिष्णु संस्कृतिलाई थप बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

सामाजिक सद्भाव र शान्ति कायम गर्न सरकारले कडा कानुनी व्यवस्था तथा दण्ड–सजायको प्रभावकारी प्रबन्ध गर्नुपर्ने सुझावसमेत उनले दिए।

ठाकुरका अनुसार राष्ट्रिय सदाचार नीतिको प्रभावकारी कार्यान्वयनले सार्वजनिक जीवनमा नैतिकता र उत्तरदायित्व बढाउनुका साथै सुशासन, सामाजिक सद्भाव र कानुनी शासनलाई बलियो बनाउन सहयोग पुर्‍याउन सक्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले कोइरालालाई प्राथमिकता दिँदा खड्कामा असन्तुष्टि

नेकपाद्वारा मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न ह्विप जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Shifting Global Power Dynamics Highlight Media Bias and Historical Grievances

Nepal Faces Recurring Disaster Challenges Despite Preparedness Efforts

Aging in Nepal’s Capital: A Reflection on Time and Care

टोरेसको दुई गोलमा पीएसजीले रेनेसलाई बराबरीमा रोक्यो

देउवाले कोइरालालाई प्राथमिकता दिँदा खड्कामा असन्तुष्टि

नेकपाद्वारा मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न ह्विप जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu