काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा तीन वटा विधेयक प्रस्तुत भएका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा तीन वटा विधेयक प्रस्तुत भएका छन्।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो। कर्मचारी सञ्चय कोषसम्बन्धी २०१९ सालको ऐन कार्यान्वयनमा रहेकाले समयअनुकूल संशोधन गर्न विधेयक ल्याइएको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो। २०६८ सालमा जारी भएको ऐनलाई संशोधन गरी छिटोछरितो न्याय निरूपणको व्यवस्था गर्न विधेयक ल्याइएको उहाँले बताउनुभयो।
युवा तथा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो। बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गर्ने तथा प्रचलित कानुनलाई समयअनुकूल व्यवस्थित र नियमन गर्ने उद्देश्यले विधेयक ल्याइएको उहाँले सदनलाई जानकारी दिनुभयो।
प्रतिनिधिसभाको बैठक जारी छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्