काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले संसदलाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन संसदीय सुधार समिति गठन गर्न प्रस्ताव गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले अहिलेको संसदीय अभ्यास कर्मकाण्डी बन्दै गएको भन्दै सुधारको आवश्यकता औँल्याए।
‘मैले धेरैपटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु। संसदमा पनि बोलेको छु, बाहिर पनि बोलेको छु,’ उनले भने, ‘अब एकपटक सबै सांसदहरूबीच सर्वेक्षण गर्नुपर्छ। के हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ?’
अहिलेको संसदीय अभ्यासप्रति सबै सांसद सन्तुष्ट भए आफूलाई समस्या नहुने उनले बताए। तर आफ्नो जस्तै बुझाइ धेरै सांसदको भए संसदीय अभ्यास सुधारका लागि सबै मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।
आचार्यले संसदलाई थप सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन संसदीय सुधार समिति गठन गरेर आवश्यक सुधारका विषयमा अध्ययन तथा छलफल अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन्।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्